ललितपुर, मङ्सिर ६ गते । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित हाकुबेसी आधारभूत विद्यालयका बाल-बालिकाका लागि ललितपुरको गोदावरी नगरपालिकामा सञ्चालित आवासीय सुविधासहितको अस्थायी विद्यालयको स्थलगत निरीक्षण गर्नुभएको छ ।
भदौ १० को बाढीले पठनपाठन अवरुद्ध भएपछि मन्त्रालय र पुनर्निर्माण अभियान नेपालको समझदारीमा सञ्चालित उक्त विद्यालयमा उहाँले शैक्षिक अवस्था, आवास, खानपान, पोषण, स्वास्थ्य तथा दैनिक व्यवस्थापनबारे जानकारी लिँदै विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभयो ।
कक्षा १ देखि ८ सम्मका ६७ बाल-बालिकालाई लक्षित गरी खोलिएको विद्यालयमा हाल ४९ जना अध्ययनरत छन् र यसको शैक्षिक, आवासीय तथा दैनिक व्यवस्थापन पुनर्निर्माण अभियान नेपालले सम्हालिरहेको छ । निरीक्षणका क्रममा मन्त्री बादीले खानाको गुणस्तर र पोषणमा विशेष ध्यान दिन तथा स्वास्थ्य, आवासीय सुविधा र संरक्षणलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।
मन्त्री बादीले बाल-बालिकासँग करिब एक घण्टा छुट्टै संवाद गरी उनीहरूका समस्या, वातावरण, सुविधा र आवश्यकता सुन्नुभयो तथा केहीबेर भलिबलसमेत खेल्नुभयो । राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सचिव शान्तकुमार भण्डारीसहितको टोली सहभागी उक्त निरीक्षणमा भण्डारीले मन्त्री स्वयं फिल्डमा पुगी बाल-बालिकाको कुरा सुन्नु संवेदनशील पहल भएको र अस्थायी विद्यालय अवधारणा उदाहरणीय रहेको बताउनुभयो ।
सरकारले विपद् प्रभावित तथा विशेष संरक्षण आवश्यक पर्ने बालबालिकाका लागि ‘विपद् प्रभावित बाल-बालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना, २०८३’ कार्यान्वयन गरिरहेको छ । यस योजनाले प्रभावित बाल-बालिकालाई पारिवारिक तथा सुरक्षित वातावरणमा राख्दै शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको निरन्तर पहुँच सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।
| विषय / क्षेत्र | मुख्य विवरण वा सार |
| अस्थायी विद्यालय र अवस्था | गोदावरी (ललितपुर) मा आवासीय सुविधासहित सञ्चालन; ६७ लक्षितमध्ये ४९ बाल-बालिका अध्ययनरत; पुनर्निर्माण अभियान नेपालद्वारा व्यवस्थापन । |
| मन्त्री बादीको निरीक्षण | न्यानो कपडा वितरण; खानाको गुणस्तर, पोषण, स्वास्थ्य र संरक्षणमा ध्यान दिन निर्देशन; एक घण्टा संवाद र भलिबल सहभागिता । |
| परिषद्को धारणा | सदस्य सचिव शान्तकुमार भण्डारीद्वारा स्थलगत निरीक्षण र बाल-बालिकासँगको संवादलाई सकारात्मक तथा उदाहरणीय पहलको रूपमा सराहना । |
| दीर्घकालीन सरकारी योजना | ‘विपद् प्रभावित बाल-बालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना, २०८३’ मार्फत सुरक्षित हुर्काइ र आधारभूत सेवामा निरन्तरता । |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














प्रतिक्रिया दिनुहोस्