काठमाडौँ, मङ्सिर ७ गते । वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका तथा तोकिएको म्यादभित्र सम्पर्कमा नआएका व्यक्तिको बैङ्क खाता रोक्का गरिने भएको छ । वैदेशिक रोजगार विभागले फरार व्यक्तिहरूलाई सम्पर्कमा आउन गत कात्तिक ९ गते ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको निर्देशनपछि विभागको सूचना अनुसार सम्पर्कमा नआएका व्यक्तिको विवरण सङ्कलन गरी बैङ्क खाता रोक्का गर्न नेपाल राष्ट्र बैङ्कलाई पत्राचार गर्ने तयारी भइरहेको विभागका महानिर्देशक नवराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार अर्को साताभित्र राष्ट्र बैङ्कलाई औपचारिक पत्र पठाउने गरी फरार व्यक्तिको नाम सङ्कलन गर्ने काम अघि बढाइएको छ ।
विभागका अनुसार पक्राउ पुर्जी जारी भएका करिब २८ हजार फरारमध्ये हालसम्म एक हजारजति व्यक्ति सम्पर्कमा आएका छन् । वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिएर विभिन्न मितिमा पक्राउ पुर्जी जारी गरिएका तर उपस्थित नभएका व्यक्तिलाई लक्षित गरी विभागले सूचना निकालेको थियो ।
न्याय निरूपणमा रहेकाबाहेक अन्य मुद्दामा कानुनअनुसार अध्ययन तथा अनुसन्धान प्रक्रिया अगाडि बढाइने महानिर्देशक ढकालले बताउनुभयो । साथै विभागको सम्पर्कमा आउने पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूसँग अनुसन्धान अधिकृतबाट सोधपुछ तथा बयान लिइने व्यवस्था मिलाइएको छ ।
| विषय / क्षेत्र | मुख्य विवरण वा सार |
| कारबाही र तयारी | सम्पर्कमा नआएका व्यक्तिको बैङ्क खाता रोक्का गर्न अर्को साताभित्र नेपाल राष्ट्र बैङ्कलाई औपचारिक पत्र पठाउने तयारी । |
| फरार र सम्पर्कको अवस्था | कात्तिक ९ को ३५ दिने सूचनापछि करिब २८ हजार फरारमध्ये करिब १ हजार जना विभागको सम्पर्कमा आएको । |
| नेतृत्व र प्रक्रिया | श्रममन्त्री रामजी यादवको निर्देशन र महानिर्देशक नवराज ढकालको जानकारी; कानुनी अनुसन्धान, सोधपुछ र बयान लिने प्रक्रिया । |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














प्रतिक्रिया दिनुहोस्