काठमाडौँ, मङ्सिर ७ गते । प्रा.डा. गोविन्द केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारसँग भएको सहमति कार्यान्वयन नभए स्थगित सत्याग्रह (अनशन) सहितको आन्दोलन पुनः सुरु गर्ने चेतावनी दिनुभएको छ ।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उहाँले २५औँ सत्याग्रहका क्रममा नेपाल सरकारसँग भएको सहमति दुई हप्ताभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता गरिए पनि हालसम्म कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
सहमतिपछि तिहार र छठको सार्वजनिक बिदा परेकाले कार्यान्वयनका लागि सरकारलाई केही दिन थप समय दिएको डा. केसीले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । सहमतिअनुसारका निर्णय शीघ्र कार्यान्वयन नगरिए वा सहमतिविपरीत गतिविधि गरिए स्थगित आन्दोलन पुनः सुरु गर्न बाध्य हुने र त्यसबाट उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने उहाँको भनाइ छ ।
चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार, समतामूलक पहुँच, जवाफदेहिता, सुशासन र सामाजिक न्यायका माग राखी आन्दोलनरत डा. केसीका अनुसार २४औँ सत्याग्रहसहितको आन्दोलन निश्चित समयभित्र माग सम्बोधन गर्ने सहमतिपछि स्थगित गरिए पनि सरकारले सहमति कार्यान्वयन गर्नुको सट्टा चिकित्सा शिक्षा ऐन र सुशासनका मान्यताविपरीत नागरिक स्वास्थ्यमा प्रतिकूल असर पार्ने निर्णय गरेको थियो ।
त्यसपछि सहमति कार्यान्वयन र जनहितविपरीतका निर्णय खारेजीको मागसहित नौ दिनसम्म चलेको २५औँ सत्याग्रह २०८३ कात्तिक २१ गते शिक्षामन्त्रीसहितको सरकारी टोलीसँग पुनः सहमति भएपछि स्थगित गरिएको थियो, जसको कार्यान्वयन गर्नु सरकारको नैतिक तथा राजनीतिक दायित्व रहेको डा. केसीले स्पष्ट पार्नुभएको छ ।
| विषय / क्षेत्र | मुख्य विवरण वा सार |
| चेतावनी र समयसीमा | सहमति कार्यान्वयन नभए वा सहमतिविपरीत गए स्थगित सत्याग्रह पुनः सुरु गर्ने चेतावनी; तिहार–छठ बिदाका कारण केही दिन थप समय । |
| पृष्ठभूमि र सहमति | २४औँ सत्याग्रहपछिको प्रतिबद्धता कार्यान्वयन नभएको र जनहितविपरीत निर्णय भएको विरोधपछि २५औँ सत्याग्रह (९ दिन) २०८३ कात्तिक २१ मा सहमतिपछि स्थगित । |
| माग र दायित्व | चिकित्सा शिक्षा र स्वास्थ्य सुधार, समतामूलक पहुँच, सुशासन र सामाजिक न्याय; कार्यान्वयन सरकारको नैतिक/राजनीतिक दायित्व रहेको जोड । |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












प्रतिक्रिया दिनुहोस्