10/21/2026, 20:37:19
बुधबार, कार्तिक ०५, २०८३

दसैँले आपसी सद्भाव, भाइचारा र राष्ट्रिय एकता बलियो बनाउँछ: मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यद्वारा बडादसैँ–२०८३ को अवसरमा शुभकामना सन्देश जारी; जलवायु परिवर्तनको जोखिम र सुशासनमा जोड।


दाङ, कात्तिक ४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमीले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिँदै नेपाली समाजमा आपसी सद्भाव, भाइचारा र राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन्।

बडादसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यो पर्वले धार्मिक तथा सांस्कृतिक आस्थासँगै सत्य, न्याय र सकारात्मक परिवर्तनको प्रेरणा दिने उल्लेख गरेका छन्।

मुख्यमन्त्री आचार्यले विविधताले समृद्ध नेपाली समाजमा चाडपर्वले एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। सन्देशमा उनले पछिल्लो समय जलवायु परिवर्तनका कारण बढेको विपद्को जोखिम न्यूनीकरण, वातावरण संरक्षण, संघीयताको प्रभावकारी कार्यान्वयन तथा सुशासन, रोजगारी सिर्जना र समावेशी विकासमार्फत ‘समृद्ध लुम्बिनी’ निर्माणको अभियानमा एकताबद्ध भएर अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना समेत गरेका छन्।