10/21/2026, 20:38:26
बुधबार, कार्तिक ०५, २०८३

दसैँको टीकासँगै काठमाडौँ उपत्यकाका सडकमा बढ्यो सवारी चाप, फर्किने क्रम पनि सुरु

टीका लगाएर आफन्त कहाँ आउने–जानेको चहलपहल बढ्यो; ट्राफिक व्यवस्थापन चुस्त बनाउँदै सुरक्षा जाँचलाई निरन्तरता।


काठमाडौँ, कात्तिक ४ गते । बडादसैँको टीकाको शुभसाइतसँगै काठमाडौँ उपत्यकाका सडकहरूमा सवारीसाधनको चाप र मानिसहरूको चहलपहल बाक्लो बन्न थालेको छ।

फूलपाती, अष्टमी र नवमीको तुलनामा आज टीकाका दिन आफन्तकामा आउने–जाने मानिसको सङ्ख्या उल्लेख्य बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार दसैँ मनाउन गाउँघर गएकाहरू पुनः काठमाडौँ फर्कने क्रमसमेत आजैदेखि सुरु भएको छ। यात्रुको सुरक्षा र सहज आवागमनका लागि प्रमुख नाका तथा राजमार्गहरूमा सवारीसाधनको यान्त्रिक परीक्षण, चालकको मादक पदार्थ सेवन (मापसे) जाँच तथा विशेष निगरानीलाई निरन्तरता दिइएको छ।

दसैँका अवसरमा यसपटक उपत्यकाबाट करिब १० लाख नागरिक बाहिरिएको सुरक्षा निकायको अनुमान छ।