काठमाडौँ, कात्तिक ४ गते । नेपाल र बंगलादेशको संयुक्त आयोजनामा हुन लागेको आईसीसी यू–१९ महिला टी–२० विश्वकप २०२७ को औपचारिक खेल तालिका सार्वजनिक भएको छ।
आगामी १७ दिनसम्म चल्ने यो प्रतियोगितामा १६ टोलीले कुल ४१ खेलमा प्रतिस्पर्धा गर्नेछन्, जसमध्ये नेपालले १५ र बंगलादेशले २६ खेल आयोजना गर्नेछन्।

सह-आयोजक नेपाल समूह ‘ए’ मा रहेको छ, जसमा भारत, आयरल्यान्ड र वेस्ट इन्डिज रहेका छन्। नेपालले आफ्नो पहिलो खेल आगामी जनवरी २२, २०२७ मा आयरल्यान्डविरुद्ध टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा खेल्नेछ।

त्यसैगरी नेपालले जनवरी २४ मा साविक विजेता भारतसँग र जनवरी २६ मा वेस्ट इन्डिजसँग टियुमै प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताका उद्घाटन खेलहरू आगामी जनवरी २१ मा हुनेछन् भने सुपर सिक्सका खेलहरूपछि फाइनल खेल फेब्रुअरी ६, २०२७ मा बंगलादेशको चट्टोग्राममा सम्पन्न हुनेछ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







