काठमाडौँ, कात्तिक ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्ति र शोकबिच मनाइँदै गरेको बडादसैँले नेपाली समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गर्नुभएको छ।
विजयादशमी–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले यस वर्षको दसैँ विपत्ति र शोकको घडीमा मनाउनुपरेको उल्लेख गर्नुका साथै बाढीपहिराेजस्ता प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ।
सभापति लामिछानेले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीक रहेको यस महान् पर्वले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।
नवदुर्गा भवानीले सबैलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति, सद्बुद्धि र सङ्कटसँग डटेर जुध्ने साहस प्रदान गरून् भन्दै उहाँले यो दसैँले नेपाली समाजलाई निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ अग्रसर हुन विशेष ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







