11/27/2026, 08:26:15
शुक्रबार, मङि्सर १२, २०८३

स्थानीय र प्रदेशको निर्वाचन संवैधानिक कार्यकाल अनुसारै हुनुपर्छ : केपी शर्मा ओली

स्थानीय तहको निर्वाचन वैशाख अन्तिम साता र प्रदेशसभाको मङ्सिरमा हुनुपर्ने धारणा; एमालेभित्र जथाभावी बोल्ने प्रवृत्ति अन्त्य हुने दाबी

FILE PHOTO - SETOPRESS.COM
©FILE PHOTO - SETOPRESS.COM

काठमाडौँ, मङ्सिर ११ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन संविधानले तोकेको कार्यकाल र निर्धारित समयअनुसार नै हुनुपर्ने बताउनुभएको छ ।

एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको सम्पादकहरूसँगको छलफलमा उहाँले निर्वाचनको संवैधानिक कार्यकाल तथा समय-तालिका परिवर्तन गरेर प्रदेशसभाको निर्वाचन अगाडि सार्न नहुने स्पष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिम साता र प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिरमा हुनुपर्ने आफ्नो धारणा व्यक्त गर्नुभयो ।

लोकतान्त्रिक व्यवस्थामा निर्वाचन नियमित र निष्पक्ष हुनुपर्नेमा जोड दिँदै उहाँले निष्पक्ष निर्वाचन भएमा हार–जितलाई स्वाभाविक रूपमा लिनुपर्ने, निर्वाचनलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्नुपर्ने तथा जनताको अभिमतलाई सम्मान गर्नु नै लोकतन्त्रको मूल मर्म भएको उल्लेख गर्नुभयो ।

यसैगरी एमालेभित्र नीति र विचारमा एकरूपता रहेको दाबी गर्दै अध्यक्ष ओलीले पार्टीमा रहेर बाहिर जथाभावी बोल्ने प्रवृत्ति अब अन्त्य हुने बताउनुभयो ।

विषय / क्षेत्र मुख्य विवरण वा सार
निर्वाचनको समयतालिका संविधानले तोकेको कार्यकालअनुसार निर्वाचन हुनुपर्ने; स्थानीय तहको निर्वाचन वैशाखको अन्तिम साता र प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिरमा हुनुपर्ने धारणा; समयतालिका हेरफेर गरी प्रदेश चुनाव अगाडि सार्न नहुने (केपी शर्मा ओली) ।
लोकतान्त्रिक अभ्यास निर्वाचन नियमित र निष्पक्ष हुनुपर्ने; हार–जितलाई स्वाभाविक मान्नुपर्ने; जनताको अभिमतको सम्मान लोकतन्त्रको मूल मर्म ।
पार्टी अनुशासन एमालेमा नीति र विचारमा एकरूपता रहेको दाबी; पार्टीमा रहेर बाहिर जथाभावी बोल्ने प्रवृत्ति अन्त्य हुने भनाइ ।