नेपाली सांगीतिक समूह नेपथ्यले यही डिसेम्बरदेखि करिब तीन सातासम्म चल्ने ‘नेपथ्य अस्ट्रेलिया टुर २०२६’ आयोजना गर्ने भएको छ, जुन दक्षिण अस्ट्रेलियाको एडिलेडबाट डिसेम्बर ७ मा सुरु भई मेलबर्नमा १४, सिड्नीमा १९ र पर्थमा २७ डिसेम्बरमा सम्पन्न हुने नेपथ्यले जनाएको छ । आफ्नो वाद्य-वादनसहित प्रस्तुत हुने टोलीको नेतृत्व मुख्य गायक अमृत गुरुङले गर्नुहुनेछ ।
अस्ट्रेलिया संयोजन गरिरहेको गिरिस इभेन्ट्स एन्ड इन्टरटेन्मेन्टका प्रमुख गिरिस भारतीका अनुसार यसपटक नेपथ्यले अस्ट्रेलियाका मुख्य चार सहरमा मात्र प्रस्तुति दिने तय भएको छ, जबकि आठौँ पटक अस्ट्रेलिया यात्रामा जान लागेको नेपथ्यका कार्यक्रमलाई अस्ट्रेलियामा हुने नेपाली सांगीतिक कार्यक्रममध्ये सबैभन्दा सफल मानिन्छ ।
मुख्य गायक गुरुङले यसअघि अस्ट्रेलियामा नेपाली गीतसंगीत र कलाकारलाई दर्शकबाट अत्यन्तै माया पाउने अनुभव व्यक्त गर्नुभएको थियो ।
संयोजक भारतीका अनुसार एडिलेडको हाइन्डली स्ट्रिट म्युजिक हल, मेलबर्नको फेस्टिभल हल, सिड्नीको होर्डन पेभिलियन र पर्थको मेट्रो सिटी कन्सर्ट हलमा नेपथ्यको सांगीतिक प्रस्तुति रहनेछ ।
| विषय / क्षेत्र | मुख्य विवरण वा सार |
| तालिका र सहर | डिसेम्बर ७: एडिलेड; डिसेम्बर १४: मेलबर्न; डिसेम्बर १९: सिड्नी; डिसेम्बर २७: पर्थ (करिब तीन साता, आठौँ अस्ट्रेलिया यात्रा) । |
| आयोजक र संयोजन | नेपथ्य टोली (नेतृत्व: गायक अमृत गुरुङ); अस्ट्रेलिया संयोजन: गिरिस इभेन्ट्स एन्ड इन्टरटेन्मेन्ट (प्रमुख: गिरिस भारती) । |
| कन्सर्ट हलहरू | एडिलेड: हाइन्डली स्ट्रिट म्युजिक हल; मेलबर्न: फेस्टिभल हल; सिड्नी: होर्डन पेभिलियन; पर्थ: मेट्रो सिटी कन्सर्ट हल । |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












प्रतिक्रिया दिनुहोस्