11/25/2026, 20:56:00
बुधबार, मङि्सर १०, २०८३

एक्स्ट्रिम इनर्जी ड्रिंक्सले ल्यायो पाँच नयाँ स्वाद, ‘विन्टर अफर’ मा सुनको क्यान जित्ने मौका

‘ग्रिन म्यानियाक’, ‘श्रेक अट्याक’, ‘ट्रपिकल पञ्च’, ‘रास्प एन्ड फ्युरियस’ र ‘एक्स्ट्रिम्ली लाइट’ बजारमा; क्यूआर कोड स्क्यान गरी अफरमा सहभागी हुन सकिने


काठमाडौँ, मङ्सिर ९ गते । एक्स्ट्रिम इनर्जी ड्रिंक्सले उपभोक्ताको बदलिँदो रुचि र स्वादलाई ध्यानमा राख्दै क्लासिक एक्स्ट्रिम इनर्जीका अतिरिक्त थप पाँच नयाँ स्वाद बजारमा ल्याई बिक्री वितरण सुरु गरेको छ ।

कम्पनीका अनुसार ग्रिन एप्पल स्वादका लागि ‘ग्रिन म्यानियाक’, मस्कट अंगुरका लागि ‘श्रेक अट्याक’, ग्रेपफ्रुट र पाइनएप्पलको मिश्रित स्वादका लागि ‘ट्रपिकल पञ्च’, रास्पबेरीका लागि ‘रास्प एन्ड फ्युरियस’ तथा अर्को विकल्पका रूपमा ‘एक्स्ट्रिम्ली लाइट’ सार्वजनिक गरिएको हो ।

जाडो मौसमलाई थप उत्साहपूर्ण बनाउन कम्पनीले विशेष ‘विन्टर अफर’ समेत ल्याएको छ, जस अन्तर्गत क्लासिकसहित पाँचवटै स्वादका उत्पादन खरिद गर्ने उपभोक्तामध्ये ६ जना भाग्यशाली विजेताले सुनको क्यान उपहार पाउनेछन् ।

योजनामा सहभागी हुन उपभोक्ताले एक्स्ट्रिम इनर्जी ड्रिंकको कुनै पनि स्वादको क्यान खरिद गरी त्यसमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्ने कम्पनीले जनाएको छ ।

विषय / क्षेत्र मुख्य विवरण वा सार
पाँच नयाँ फ्लेभर ग्रिन म्यानियाक (ग्रिन एप्पल), श्रेक अट्याक (मस्कट अंगुर), ट्रपिकल पञ्च (ग्रेपफ्रुट र पाइनएप्पल), रास्प एन्ड फ्युरियस (रास्पबेरी) र एक्स्ट्रिम्ली लाइट; बिक्री सुरु ।
विन्टर अफर र उपहार क्लासिकसहित पाँचै स्वादका खरिदकर्तामध्ये ६ जना भाग्यशाली विजेतालाई सुनको क्यान उपहार ।
सहभागी हुने तरिका कुनै पनि स्वादको क्यान खरिद गरी त्यसमा रहेको क्यूआर कोड स्क्यान गर्ने ।