काठमाडौँ, मङ्सिर ८ गते । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमिहीन दलित र सुकुम्बासीको व्यवस्थापन प्रक्रिया अगाडि बढाउन सम्बन्धित स्थानीय तहलाई आग्रह गरेको छ ।
काठमाडौँ उपत्यकाको नदीकिनारमा बसोबास गरी विस्थापित भएका परिवारको बागमती सभ्यता एकीकृत विकास समितिले तयार पारेको डिजिटल विवरणका आधारमा कोशी, मधेस र बागमती प्रदेशका ३२ जिल्लाका २४४ वटा स्थानीय तहलाई परिपत्र गर्दै सो आग्रह गरिएको हो ।
प्रचलित कानुनबमोजिम भूमिहीन दलित तथा सुकुम्बासीको व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाउन लाभग्राही परिवारको स्थायी वतन उल्लेख भएको जिल्लामा स्वीकृत कार्यविधिको अधीनमा रही डिजिटल विवरण उपलब्ध गराउन परिपत्रमा भनिएको छ ।
मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले परिपत्रअनुसार आवश्यक विवरण उपलब्ध गराउन सम्बन्धित स्थानीय तहलाई आग्रह गरिएको जानकारी दिनुभयो । वर्तमान सरकार गठन भएसँगै भूमिहीन दलित र सुकुम्बासीको व्यवस्थापन कार्यलाई उच्च प्राथमिकता दिँदै आएको मन्त्रालयले जनाएको छ ।
| विषय / क्षेत्र | मुख्य विवरण वा सार |
| परिपत्र र क्षेत्र | कोशी, मधेस र बागमती प्रदेशका ३२ जिल्लाका २४४ स्थानीय तहलाई परिपत्र; काठमाडौँ उपत्यकाको नदीकिनारबाट विस्थापित परिवारको डिजिटल विवरण आधार । |
| प्रक्रिया र आधार | बागमती सभ्यता एकीकृत विकास समितिको डिजिटल विवरणअनुसार स्थायी वतन भएको जिल्लामा स्वीकृत कार्यविधिको अधीनमा रही विवरण माग; कानुनबमोजिम व्यवस्थापन प्रक्रिया । |
| प्रवक्ताको भनाइ र प्राथमिकता | प्रवक्ता गणेशप्रसाद भट्टद्वारा विवरण उपलब्ध गराउन आग्रह; सरकार गठनसँगै भूमिहीन दलित र सुकुम्बासी व्यवस्थापनलाई उच्च प्राथमिकता । |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















प्रतिक्रिया दिनुहोस्