काठमाडौँ, मङ्सिर ८ गते । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हिमाली क्षेत्रका जङ्गली औषधीय तथा सुगन्धित वनस्पति र च्याउ (फङ्गी) को संरक्षण, दिगो उपयोग तथा व्यापार व्यवस्थापनका लागि क्षेत्रीय सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ ।
‘जङ्गली हिमाली औषधीय तथा सुगन्धित वनस्पति र च्याउसम्बन्धी क्षेत्रीय सहकार्य’ विषयक कार्यक्रममा उहाँले हिमालय जीवन, पहिचान र समृद्धिको साझा स्रोत भएको उल्लेख गर्दै जैविक विविधताको संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जन र दिगो उपयोगबाट हरित तथा न्यायपूर्ण अर्थतन्त्र निर्माण गर्न सकिने बताउनुभयो ।
मन्त्री चौधरीले जलवायु परिवर्तन, पारिस्थितिकीय प्रणालीको क्षय तथा अव्यवस्थित व्यापारले हिमाली प्राकृतिक सम्पदामाथि जोखिम बढाएको बताउँदै यस्ता चुनौती हिमाली मुलुकले एक्लाएक्लै समाधान गर्न नसक्ने स्पष्ट पार्नुभयो ।
उहाँले राष्ट्रिय सार्वभौमसत्ता, घरेलु कानुन र राष्ट्रिय प्राथमिकताको सम्मान गर्दै नीति र साझेदारी मार्फत हिमालयको जोडाइलाई प्रतिबिम्बित गर्नुपर्नेमा जोड दिनुभयो ।
उक्त कार्यक्रममा भुटान, भारत र चीनका सरकारी प्रतिनिधि, अन्तरराष्ट्रिय सङ्घसंस्था, बेलायतको अन्तरराष्ट्रिय विकास, एन्साब, विकास साझेदार, प्राज्ञिक क्षेत्र, विज्ञ, सामुदायिक अगुवा तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
| विषय / क्षेत्र | मुख्य विवरण वा सार |
| सहकार्य र अर्थतन्त्र | हिमाली औषधीय/सुगन्धित वनस्पति र च्याउ (फङ्गी) को संरक्षण, दिगो उपयोग र व्यापारमा क्षेत्रीय सहकार्य; हरित तथा न्यायपूर्ण अर्थतन्त्रमा जोड । |
| चुनौती र आधार | जलवायु परिवर्तन, पारिस्थितिकीय क्षय र अव्यवस्थित व्यापारको जोखिम; सार्वभौमसत्ता, घरेलु कानुन र राष्ट्रिय प्राथमिकताको सम्मान । |
| सहभागी पक्ष | भुटान, भारत र चीनका सरकारी प्रतिनिधि, बेलायतको अन्तरराष्ट्रिय विकास, एन्साब, अन्तरराष्ट्रिय संस्था, विज्ञ, सामुदायिक अगुवा र निजी क्षेत्र । |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














प्रतिक्रिया दिनुहोस्