गोरखा, मङ्सिर ८ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी स्थानीय तथा प्रदेश तहको निर्वाचनमा नेकपा (एमाले) लगायतका अन्य दलसँग सहकार्य गरेर जाने बताउनुभएको छ ।
गोरखा नगरपालिका–११ बाह्र किलोमा आयोजित सहिद परिवार भेटघाट कार्यक्रममा उहाँले सबै कम्युनिस्ट घटकलाई समेटेर साझा शक्तिका रूपमा अघि बढ्ने र अन्ततः एउटै पार्टी बनाएर कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने विषयमा भइरहेको छलफल सकारात्मक दिशामा अघि बढिरहेको बताउनुभयो ।
उहाँले कम्युनिस्ट शक्तिबिचको एकता चुनावी सहकार्यमा मात्र सीमित नरही दीर्घकालीन उद्देश्यका साथ अघि बढाइएको उल्लेख गर्दै विभिन्न घटकबिच विश्वासको वातावरण बन्दै गएको र यसले साझा गन्तव्यमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा संयोजक दाहालले आफू नेतृत्वको सरकारले सबै सहिद तथा बेपत्ता योद्धालाई राष्ट्रिय सहिद घोषणा गरेको स्मरण गराउँदै उक्त निर्णय सहिद परिवारप्रतिको सम्मान र योगदानको कदर भएको बताउनुभयो ।
यसैगरी संगठन सुदृढीकरणका लागि नेकपाले राष्ट्रिय जागरण अभियान सुरु गरिसकेको जानकारी दिँदै उहाँले सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, स्थानीय तह निर्वाचनको तयारी र महाधिवेशनको तयारीमार्फत संगठनलाई तल्लो तहसम्म सक्रिय बनाउने लक्ष्य रहेको बताउनुभयो ।
| विषय / क्षेत्र | मुख्य विवरण वा सार |
| निर्वाचन र एकता छलफल | स्थानीय तथा प्रदेश निर्वाचनमा एमालेसहितका दलसँग सहकार्य; साझा शक्ति र दीर्घकालीन एकताको छलफल सकारात्मक । |
| सहिद सम्मान | गोरखाको बाह्र किलोमा सहिद परिवारसँग भेटघाट; सबै सहिद तथा बेपत्ता योद्धालाई राष्ट्रिय सहिद घोषणा गरिएको स्मरण । |
| जागरण अभियान | सदस्यता नवीकरण/वितरण, स्थानीय निर्वाचन र महाधिवेशनको तयारीसहित तल्लो तहसम्म संगठन सक्रिय बनाउने अभियान सुरु । |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















प्रतिक्रिया दिनुहोस्