गोरखा, मङ्सिर ९ गते । सभामुख डोलप्रसाद अर्यालले १,२०० मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना बन्छ कि बन्दैन भन्ने संशयबाट अघि बढेर अब निर्माण सुरु भएको बताउनुभएको छ ।
गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोकस्थित सिउरेनटारमा बुधबार बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पुलको शिलान्यास समारोहलाई सम्बोधन गर्दै उहाँले २० औँ बैठकपछि यो चरण आएको, साढे चार खर्ब लगानीको आयोजनालाई बहु-उद्देश्यीय बनाइने, बिहीबार प्राधिकरणसम्बन्धी ऐनको अन्तिम मस्यौदा आउने र संसद् खुलेको दुई हप्तामा सदनमा पेस गरी सार्वजनिक सुझाव मागिने बताउनुभयो ।
आयोजना निर्माणका लागि तीनै तहका सरकार जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै सभामुख अर्यालले मुआब्जादेखि कुनै पनि विषयमा एक जना नागरिकलाई पनि अन्याय नहुने गरी प्याकेजमै काम अघि बढाइने तथा देखिएका जटिलता समाधान गरिने स्पष्ट पार्नुभयो ।
गोरखा र धादिङका बासिन्दाको आर्थिक स्तर कसरी उकासिन्छ, निर्माण हुँदै जाँदा आयोजनाको स्वरूप कस्तो बन्छ, देश कसरी समृद्ध हुन्छ र हालैको बुढीगण्डकीजस्तो बाढीको विपद्लाई कसरी रोक्न सकिन्छ भन्ने योजना टेलिभिजनमार्फत जनतासामु प्रस्तुत गरिने उहाँले जानकारी दिनुभयो ।
यस्तै भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले बहु-उद्देश्यीय परियोजना भएकाले आयोजनाले खर्च गर्न सक्ने जति बजेट उपलब्ध गराउने र बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै आयोजना सफल भई निर्धारित समयमै काम सकिने विश्वास व्यक्त गर्नुभयो ।
| विषय / क्षेत्र | मुख्य विवरण वा सार |
| निर्माण सुरु र ऐन मस्यौदा | १,२०० मेगावाट क्षमता, साढे चार खर्ब लगानीको बहुउद्देश्यीय आयोजना; बिहीबार प्राधिकरण ऐनको अन्तिम मस्यौदा, संसद् खुलेको दुई हप्तामा पेस र सुझाव संकलन (सभामुख डोलप्रसाद अर्याल) । |
| मुआब्जा, समन्वय र प्रचार | गोरखाको गण्डकी–८ घ्याल्चोक सिउरेनटारमा कार्यालय/आवास भवन र पुल शिलान्यास; तीनै तहको जिम्मेवारी, मुआब्जामा अन्याय नहुने तथा योजना र बाढी नियन्त्रणबारे टेलिभिजनबाट जानकारी । |
| बजेट प्रतिबद्धता | खर्च क्षमताअनुसार बजेट दिने र बजेट अभाव हुन नदिने; निर्धारित समयमै सम्पन्न हुने विश्वास (भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल) । |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















प्रतिक्रिया दिनुहोस्