काठमाडौँ, मंसिर ९ गते । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले अटिजम तथा बौद्धिक अपाङ्गता भएका बाल-बालिकाले पढ्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न नै गलत रहेको बताउँदै हरेक बाल-बालिकाका फरक आवश्यकतालाई सम्बोधन गर्ने शिक्षा प्रणाली छ कि छैन भन्ने मूल प्रश्न भएको उल्लेख गर्नुभएको छ ।
अटिजम भएका बाल-बालिकाका लागि विद्यालय तथा अनुसन्धान केन्द्र भवनको जग पूजा तथा शिलान्यास गर्दै उहाँले संवाद, सिकाइ, बोलिचाली र व्यवहार फरक हुने भएकाले सोही अनुसार शिक्षा र व्यवहार गर्नुपर्ने तथा अटिजमले सिङ्गो परिवारलाई असर पार्ने भएकाले परिवारलाई समेत ध्यानमा राखेर योजना अघि बढाइएको बताउनुभयो ।
कार्यवाहक प्रमुख डंगोलले भवनसँगै आवश्यक कार्यविधि र कानुन निर्माणको काम पनि अघि बढाउने, भवन सम्पन्न भएसँगै कार्यविधि कार्यान्वयनमा ल्याउने तथा अटिजम र बौद्धिक अपाङ्गता भएका बाल-बालिकालाई शिक्षाबाट वञ्चित हुन नदिने सहरको परिकल्पना साकार पार्न महानगर प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
वडा नं. २९ का वडाध्यक्ष कुश ढकाल, जन-प्रतिनिधि र स्थानीयको उपस्थितिमा भएको शिलान्यास कार्यक्रममा अभिभावक दिलनाथ कँडेल, अटिजम केयर नेपाल सोसाइटीकी डा. सुनिता मलेखु अमात्य र अभियन्ता सविता उप्रेती लगायतले मन्तव्य राख्नुभएको थियो भने वडाध्यक्ष ढकालले भवनले बाल-बालिकाको सीप, तालिम, अध्ययन–अनुसन्धान र अभिभावकको सहायतामा बहुउपयोगी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
करिब १० करोड ९१ लाख ७९ हजार ६०२ रुपैयाँ लागत अनुमान गरिएकामा सार्वजनिक खरिद प्रक्रियाबाट ९ करोड ७७ लाख ४५ हजार ६२६ रुपैयाँमा सम्झौता भएको उक्त भवन निर्माणका लागि २०८३ मंसिर ३ गते कार्यादेश दिइएको र २०८४ चैत मसान्तभित्र सम्पन्न गर्नुपर्नेछ, जसमा भूमिगत तलामा ३० वटा दुईपाङ्ग्रे पार्किङ, भुइँतलामा खुला भाग, खेल्ने ठाउँ, भऱ्याङ, मुख्य ढोका र ८ जना क्षमताको लिफ्ट, पहिलो–तेस्रो तलामा तालिम तथा प्रशिक्षण कक्ष, चौथो तलामा प्रशासन तथा अनुसन्धान कक्ष र पाँचौँ तलामा बार्दली रहनेछ ।
| विषय / क्षेत्र | मुख्य विवरण वा सार |
| प्रमुख भनाइ र कार्यविधि | फरक सिकाइ/व्यवहारअनुसार शिक्षा प्रणाली आवश्यक; परिवारलाई ध्यानमा राख्दै भवनसँगै कार्यविधि र कानुन निर्माण अघि बढाइने (कावा प्रमुख सुनिता डंगोल) । |
| लागत, सम्झौता र अवधि | लागत अनुमान रु. १०,९१,७९,६०२; सम्झौता रु. ९,७७,४५,६२६; २०८३ मंसिर ३ मा कार्यादेश, २०८४ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य । |
| भवन संरचना (वडा नं. २९) | भूमिगत: ३० दुईपाङ्ग्रे पार्किङ; भुइँतला: खुला भाग, खेल्ने ठाउँ, भऱ्याङ, मुख्य ढोका, ८ जना क्षमताको लिफ्ट; १–३ तला: तालिम/प्रशिक्षण कक्ष; ४ तला: प्रशासन/अनुसन्धान; ५ तला: बार्दली । |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















प्रतिक्रिया दिनुहोस्