काठमाडौँ, मङ्सिर ९ गते । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात र बिक्री वितरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न एलपी ग्यास उद्योगलाई निर्देशन दिएको छ ।
देशभर ग्यासको आपूर्ति व्यवस्था थप सहज, नियमित र प्रभावकारी बनाउन निगमको एलपी ग्यास तथा एभिएसन विभागले उद्योगहरूलाई पत्राचार गर्दै विभिन्न निर्देशन दिएको हो ।
निगमले सबै एलपी ग्यास उद्योगहरूलाई बजारको मागअनुसार ग्यासको आयात अधिकतम रूपमा बढाउन आग्रह गरेको छ ।
यसैगरी उद्योगको भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गरी ग्यास मौज्दात राख्नसमेत निगमले निर्देशन दिएको छ । साथै भन्सारमा रहेका ग्यास बुलेटहरू समयमै छुटाई आपूर्ति प्रणालीमा ल्याउन पनि निगमले उद्योगहरूलाई आग्रह गरेको छ ।
| विषय / क्षेत्र | मुख्य विवरण वा सार |
| निर्देशन र निकाय | खाना पकाउने एलपी ग्यासको आयात र बिक्री वितरण पूर्ण क्षमतामा सञ्चालन; नेपाल आयल निगमको एलपी ग्यास तथा एभिएसन विभागबाट पत्राचार । |
| आयात र मौज्दात | बजारको मागअनुसार ग्यासको आयात अधिकतम रूपमा बढाउने; उद्योगको भण्डारण क्षमता पूर्ण उपयोग गरी ग्यास मौज्दात राख्ने । |
| बुलेट छुटाउने र आपूर्ति | भन्सारमा रहेका ग्यास बुलेट समयमै छुटाई आपूर्ति प्रणालीमा ल्याउने; देशभर ग्यास आपूर्ति सहज, नियमित र प्रभावकारी बनाउने लक्ष्य । |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















प्रतिक्रिया दिनुहोस्