काठमाडौँ, मङ्सिर ९ गते । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति कोशी र गण्डकी प्रदेशका हिमाली भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
बिहीबार बिहान उपत्यका र खोँचहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको र अहिले पनि ती भेगका केही स्थानमा हुस्सु लागेको महाशाखाले जानकारी दिएको छ ।
| विषय / क्षेत्र | मुख्य विवरण वा सार |
| हालको अवस्था र आज दिउँसो | उल्लेखनीय मौसमी प्रणाली छैन; कोशीको हिमाली/पहाडीमा आंशिक बदली; दिउँसो गण्डकी, कर्णाली, सुदूरपश्चिम र हिमाली भागमा आंशिक बदली, अन्यत्र सफा । |
| आज रातिको मौसम | कोशी र गण्डकी प्रदेशका हिमाली भागमा आंशिक बदली; बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा । |
| बिहीबार बिहानको पूर्वानुमान | उपत्यका, खोँच तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना; केही स्थानमा हाल हुस्सु लागेको । |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















प्रतिक्रिया दिनुहोस्