ललितपुर, मङ्सिर ९ गते । ऐतिहासिक कार्तिकनाच अन्तर्गतको ‘दधि लीला’ मञ्चनसँगै मङ्गलबार नाच समापन भएको छ ।
पाटन दरबारको कार्तिक डबलीमा हरेक वर्ष कार्तिक शुक्ल षष्ठीदेखि सुरु हुने कार्तिकनाच यस वर्ष गत कात्तिक २७ गतेदेखि प्रदर्शन गरिएको हो, जसमा लोकको गलत चरित्र उदाङ्गो पार्न र नैतिक शिक्षा दिन अन्तिम दिन भगवान् श्रीकृष्णले युवावस्थामा गरेका लीला प्रस्तुत गरिएको कार्तिकनाच संरक्षण समितिका किरण चित्रकारले बताउनुभयो ।
दही लिन जाँदा जमुना/यमुना नदी तर्न नसकेका गोपिनीलाई डुङ्गा लिएर बसेका कृष्णले ज्याला मागेपछि फर्कंदा दही दिने विश्वास दिलाई नदी पार गराएको र फर्कंदा दही नदिउन्जेल नतार्ने अडानसँगै भएको दही खोसा-खोसमा कृष्णले दहीको कहतारो फुटाएपछि गोपिनीहरूले घेरेर जिस्काउँदै अन्त्यमा मेल-मिलाप भएको कथा मञ्चन गरिएको थियो ।
नाचमा काठमाडौँको प्रतिनिधि गदाजु, भक्तपुरको प्रतिनिधि समदाजु र ललितपुरको प्रतिनिधि बाथः किजामार्फत समाजमा देखिने विकृति र विसङ्गति उजागर गर्दै आएको चित्रकारले उल्लेख गर्नुभयो ।
गदाजु, समदाजु र बाथः किजाले समाजलाई सही दिशातर्फ लैजाने भएकाले यो नाच मनोरञ्जनभन्दा माथि रहेको उहाँले स्पष्ट पार्नुभयो ।
| विषय / क्षेत्र | मुख्य विवरण वा सार |
| समापन र अवधि | ‘दधि लीला’ मञ्चनसँगै मङ्गलबार कार्तिकनाच समापन; पाटन दरबारको कार्तिक डबलीमा कात्तिक २७ देखि प्रदर्शन । |
| दधि लीलाको प्रसंग | यमुना/जमुना नदी पार, ज्याला/दही खोसाखोस, कहतारो फुटाउने प्रसंग, गोपिनीको जिस्क्याइ र अन्त्यमा मेलमिलाप । |
| सामाजिक सन्देश र पात्र | गदाजु (काठमाडौँ), समदाजु (भक्तपुर) र बाथः किजा (ललितपुर) मार्फत विकृति–विसङ्गति उजागर; मनोरञ्जनभन्दा माथि नैतिक र सामाजिक मार्गदर्शन (किरण चित्रकार) । |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















प्रतिक्रिया दिनुहोस्