

काठमाडौँ, साउन ६ गते । नेपाल भाषा एकेडेमीका चान्सलर तथा उपन्यासकार मल्ल के. सुन्दरको नेपाल भाषाको उपन्यास ‘सेप्टेम्बर १७’ को अङ्ग्रेजी संस्करण सार्वजनिक गरिएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डङ्गोलले उक्त अङ्ग्रेजी संस्करण सार्वजनिक गर्नुभयो ।
अमेरिका पुगेका एक जना युवाले आफ्नो पहिचान खोज्ने क्रममा नेपाल आएपछि आफू नेवार भन्ने थाहा पाएपछि नेवार संस्कृति, संस्कार, भाषा र रीतिरिवाजलाई जातीय पहिचानका रूपमा अपनाएको कथा भएको उपन्यास डा. ज्योतिप्रभा तुलाधरले अङ्ग्रेजीमा अनुवाद गर्नुभएको हो ।
बत्तिसपुतलीको होटेल द्वारिकामा आयोजित विमोचन कार्यक्रममा मेयर डङ्गोलले मल्ल के. सुन्दर बहुआयामिक व्यक्तित्व भएको बताउँदै उहाँको आख्यानकारिताको प्रशंसा गर्नुभयो । उहाँले नेपाल भाषाको साहित्य अङ्ग्रेजी भाषामा अनुवाद हुनु भनेको ऐतिहासिक मान्नुभएको छ ।
पोर्चुगलमा रहेकी अनुवादक डा. तुलाधरले भिडियो कलमार्फत यो उपन्यासको विषयवस्तुले आफूलाई आकर्षित पारेको बताउनुभयो । समालोचक डा. अभि सुवेदीले उपन्यासका पात्र, समय र कथालाई मल्लले रोचक तरिकाले प्रस्तुत गरेको बताउनुभयो । उक्त पुस्तकलाई आदर्श बुक्सले प्रकाशनमा ल्याएको हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























