09/03/2026, 10:34:59
बिहिबार, भदौ १८, २०८३

‘आर्ट फर रिलिफ’: कलाकृति बिक्रीबाट २ लाख ८६ हजार सङ्कलन


काठमाडौँ, भदौ १८ गते । दरबारमार्गस्थित ग्यालरी १०८ ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि सञ्चालन गरेको ‘आर्ट फर रिलिफ’ अभियानबाट दुई लाख ८६ हजार रुपियाँ सङ्कलन भएको छ।

ग्यालरीका संस्थापक सुगतरत्न शाक्यका अनुसार प्राप्त २८ वटा कलाकृतिमध्ये ११ वटा बिक्री भई सो रकम जम्मा भएको हो। बिक्रीबाट प्राप्त शतप्रतिशत रकम बाढीपीडितलाई खाना, आश्रय र अत्यावश्यक सामग्री उपलब्ध गराउन खर्च गरिनेछ।

यस राहत अभियानमा उमेश श्रेष्ठ, समुन्द्रमान शाक्य, सविता डङ्गोल, ईशान परियार लगायत दुई दर्जनभन्दा बढी कलाकारहरूले आफ्ना सिर्जना प्रदान गरेका छन्। साथै, अभिनेत्री प्रियङ्का कार्की लगायत अन्य रङ्गकर्मी तथा गायक/गायिका पनि सहयोग जुटाउन सक्रिय छन्। यस्तै, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले पनि ‘मानवताको लागि कला’ शीर्षकमा राष्ट्रिय खुला चित्रकला प्रदर्शनीको आह्वान गरेको छ।

‘आर्ट फर रिलिफ’ (ग्यालरी १०८) मा सहभागी कलाकारहरू

क्र.सं.कलाकारको नामविधा / क्षेत्र
उमेश श्रेष्ठकलाकार
उमादेवी श्रेष्ठकलाकार
राखी कर्णकलाकार
प्रदीप के. वज्राचार्यकलाकार
समुन्द्रमान शाक्यकलाकार
सविता डङ्गोलकलाकार
ईशान परियारकलाकार
कुमारी सीता मल्लकलाकार
कविता नेपालीकलाकार
१०प्रगति कर्णकलाकार
११दोर्जे छिरिङ शेर्पाकलाकार
१२तिषा श्रेष्ठकलाकार
१३हेमा दासकलाकार
१४मानस्वी दाहालकलाकार
१५प्रतिमा पोखरेलकलाकार
१६सुजन बुढाथोकीकलाकार
१७सुजनवीर वज्राचार्यकलाकार
१८सुशीला सिंहकलाकार
१९विनय रिमालकलाकार
२०श्रद्धा श्रेष्ठकलाकार
२१प्रकाश रञ्जितकलाकार
२२सरोज वज्राचार्यकलाकार
२३देवी श्रेष्ठकलाकार
२४प्रियङ्का कार्कीचलचित्र अभिनेत्री

यसैबिच, कलाकारहरूको समूह ‘आर्ट बुम‘ ले बाढीपीडितकै सहयोगार्थ भदौ १९ देखि २१ गतेसम्म नयाँबजारस्थित नेपा ब्याङ्क्वेटमा ‘आर्ट फर होप’ कला प्रदर्शनी आयोजना गर्ने भएको छ। करिब २५ जना सिनियर तथा युवा कलाकारहरूका चित्रकला बिक्री गरी सङ्कलित रकम सरकारलाई हस्तान्तरण गरिने अध्यक्ष रत्न शाक्यले जानकारी दिनुभयो।

आर्ट फर होप‘ (आर्ट बुम) मा सहभागी कलाकारहरू

क्र.सं.कलाकारको नामविधा / क्षेत्र
राधेश्याम मुल्मीकला प्राध्यापक
रञ्जना लालवरिष्ठ मिथिला कलाकार
धर्मरत्न शाक्यवरिष्ठ कलाकार तथा मूर्तिकार
राजेश मानन्धरकलाकार
आर्य राजभण्डारीकलाकार
निरु शाहकलाकार
रुक्साना महर्जनकलाकार
मल्लिका उदासकलाकार
सञ्जय प्रधानकलाकार
१०रत्न शाक्यकलाकार / अध्यक्ष (आर्ट बुम)
११चाँदनी वज्राचार्यकलाकार
१२रवीन्द्र भन्तेकलाकार
१३सजनी श्रेष्ठकलाकार
१४राजु पिटाकोठेकलाकार