10/20/2026, 01:55:05
सोमबार, कार्तिक ०३, २०८३

‘आर्ट फर रिलिफ’: कलाकृति बिक्रीबाट २ लाख ८६ हजार सङ्कलन


काठमाडौँ, भदौ १८ गते । दरबारमार्गस्थित ग्यालरी १०८ ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि सञ्चालन गरेको ‘आर्ट फर रिलिफ’ अभियानबाट दुई लाख ८६ हजार रुपियाँ सङ्कलन भएको छ।

ग्यालरीका संस्थापक सुगतरत्न शाक्यका अनुसार प्राप्त २८ वटा कलाकृतिमध्ये ११ वटा बिक्री भई सो रकम जम्मा भएको हो। बिक्रीबाट प्राप्त शतप्रतिशत रकम बाढीपीडितलाई खाना, आश्रय र अत्यावश्यक सामग्री उपलब्ध गराउन खर्च गरिनेछ।

यस राहत अभियानमा उमेश श्रेष्ठ, समुन्द्रमान शाक्य, सविता डङ्गोल, ईशान परियार लगायत दुई दर्जनभन्दा बढी कलाकारहरूले आफ्ना सिर्जना प्रदान गरेका छन्। साथै, अभिनेत्री प्रियङ्का कार्की लगायत अन्य रङ्गकर्मी तथा गायक/गायिका पनि सहयोग जुटाउन सक्रिय छन्। यस्तै, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले पनि ‘मानवताको लागि कला’ शीर्षकमा राष्ट्रिय खुला चित्रकला प्रदर्शनीको आह्वान गरेको छ।

‘आर्ट फर रिलिफ’ (ग्यालरी १०८) मा सहभागी कलाकारहरू

क्र.सं. कलाकारको नाम विधा / क्षेत्र
१ उमेश श्रेष्ठ कलाकार
२ उमादेवी श्रेष्ठ कलाकार
३ राखी कर्ण कलाकार
४ प्रदीप के. वज्राचार्य कलाकार
५ समुन्द्रमान शाक्य कलाकार
६ सविता डङ्गोल कलाकार
७ ईशान परियार कलाकार
८ कुमारी सीता मल्ल कलाकार
९ कविता नेपाली कलाकार
१० प्रगति कर्ण कलाकार
११ दोर्जे छिरिङ शेर्पा कलाकार
१२ तिषा श्रेष्ठ कलाकार
१३ हेमा दास कलाकार
१४ मानस्वी दाहाल कलाकार
१५ प्रतिमा पोखरेल कलाकार
१६ सुजन बुढाथोकी कलाकार
१७ सुजनवीर वज्राचार्य कलाकार
१८ सुशीला सिंह कलाकार
१९ विनय रिमाल कलाकार
२० श्रद्धा श्रेष्ठ कलाकार
२१ प्रकाश रञ्जित कलाकार
२२ सरोज वज्राचार्य कलाकार
२३ देवी श्रेष्ठ कलाकार
२४ प्रियङ्का कार्की चलचित्र अभिनेत्री

यसैबिच, कलाकारहरूको समूह ‘आर्ट बुम‘ ले बाढीपीडितकै सहयोगार्थ भदौ १९ देखि २१ गतेसम्म नयाँबजारस्थित नेपा ब्याङ्क्वेटमा ‘आर्ट फर होप’ कला प्रदर्शनी आयोजना गर्ने भएको छ। करिब २५ जना सिनियर तथा युवा कलाकारहरूका चित्रकला बिक्री गरी सङ्कलित रकम सरकारलाई हस्तान्तरण गरिने अध्यक्ष रत्न शाक्यले जानकारी दिनुभयो।

‘आर्ट फर होप‘ (आर्ट बुम) मा सहभागी कलाकारहरू

क्र.सं. कलाकारको नाम विधा / क्षेत्र
१ राधेश्याम मुल्मी कला प्राध्यापक
२ रञ्जना लाल वरिष्ठ मिथिला कलाकार
३ धर्मरत्न शाक्य वरिष्ठ कलाकार तथा मूर्तिकार
४ राजेश मानन्धर कलाकार
५ आर्य राजभण्डारी कलाकार
६ निरु शाह कलाकार
७ रुक्साना महर्जन कलाकार
८ मल्लिका उदास कलाकार
९ सञ्जय प्रधान कलाकार
१० रत्न शाक्य कलाकार / अध्यक्ष (आर्ट बुम)
११ चाँदनी वज्राचार्य कलाकार
१२ रवीन्द्र भन्ते कलाकार
१३ सजनी श्रेष्ठ कलाकार
१४ राजु पिटाकोठे कलाकार