काठमाडौँ, मङ्सिर ९ गते । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आयुर्वेद तथा वैकल्पिक चिकित्सा अन्तर्गतका कुनै पनि विधालाई उपेक्षा नगरी सबैको पहिचान, पेसागत सुरक्षा, मर्यादा र प्रतिनिधित्व सुनिश्चित हुने गरी आयुर्वेद परिषद् ऐन संशोधन गर्नुपर्ने बताउनुभएको छ ।
बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सरोकारवालासँग भएको छलफलमा उहाँले सबै विधालाई समेटेर अघि बढ्दा संस्थागत विकास र सेवा प्रवाह अझ व्यवस्थित हुने उल्लेख गर्नुभयो ।
छलफलमा आयुर्वेद, होमियोप्याथी, प्राकृतिक चिकित्सा, योग, अकुपञ्चर तथा चाइनिज मेडिसिन लगायत विधाका प्रतिनिधिहरूले आआफ्ना क्षेत्रका चुनौती राख्दै छुट्टै पहिचान, परिषद्मा प्रतिनिधित्व, पेसागत सुरक्षा, सरकारी सेवामा समावेशिता, जनशक्ति दर्ता र पेसागत नियमनमा कानुनी स्पष्टता आवश्यक रहेको धारणा राख्नुभयो ।
सबै विधालाई एउटै परिषद्अन्तर्गत समेटेर नियमन गर्दा प्रशासनिक संरचना व्यवस्थित भई स्रोत-साधनको प्रभावकारी उपयोग हुने तथा परिषद्को नाम, संरचना, नेतृत्व चयन र निर्णय प्रक्रियामा समानुपातिक सहभागिता सुनिश्चित गर्ने विषयमा समेत छलफल भएको थियो ।
आयुर्वेद परिषद्का अध्यक्ष डा. सिद्धार्थ ठाकुरले छलफलबाट प्राप्त सुझाव र सरोकारवालाका धारणा समेटेर ऐन संशोधनको प्रस्ताव तयार गरिने जानकारी दिनुभयो, भने सहभागीहरूले साझा समझदारी, समन्वय, सहअस्तित्व र प्रतिनिधित्वका आधारमा संशोधन प्रक्रिया अघि बढाउन जोड दिए ।
| विषय / क्षेत्र | मुख्य विवरण वा सार |
| मन्त्रीको जोड | आयुर्वेद परिषद् ऐन संशोधन गरी सबै विधाको पहिचान, पेसागत सुरक्षा, मर्यादा र प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने (मन्त्री निशा मेहता) । |
| सरोकारवालाका माग | आयुर्वेद, होमियोप्याथी, प्राकृतिक चिकित्सा, योग, अकुपञ्चर र चाइनिज मेडिसिनका प्रतिनिधिबाट पहिचान, परिषद् प्रतिनिधित्व, सरकारी सेवा अवसर, दर्ता र नियमनमा कानुनी स्पष्टताको माग । |
| संरचना र संशोधन तयारी | एउटै परिषद्मा नियमन, स्रोतसाधन उपयोग र समानुपातिक सहभागिताबारे छलफल; सुझाव समेटेर संशोधन प्रस्ताव तयार गरिने (अध्यक्ष डा. सिद्धार्थ ठाकुर) । |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















प्रतिक्रिया दिनुहोस्