काठमाडौँ, मङ्सिर ९ गते । सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट निवेदकको अन्तिम सुनुवाइ हुँदा निरूपण र सम्बोधन हुने प्रकृतिको देखिएकाले सुविधा सन्तुलनको दृष्टिसमेतबाट हाल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको आदेश गरेको हो ।
निवेदकले माग गरेको विषय देशको शान्ति सुरक्षा कायम गर्ने प्रहरी सङ्गठनको नेतृत्वसँग सम्बन्धित सार्वजनिक महत्वको संवेदनशील विषय भएको र न्यायिक उपचार तथा अन्तरिम आदेशको मागसँग अन्तरनिहित कानुनी प्रश्न अन्तिम सुनुवाइमै सम्बोधन हुने आदेशमा उल्लेख छ ।
संवेदनशीलता र गम्भीरतालाई मध्यनजर गर्दै छिटो सुनुवाइ तथा निर्णय हुन वाञ्छनीय देखिएकाले प्रत्यर्थीहरूबाट लिखित जवाफ परेपछि वा अवधि व्यतीत भएपछि सात दिनभित्रै पेसी चढाई पेसी हटाउन नपाउने पूर्वसूचना दुवै पक्षलाई दिई नियमानुसार पेस गर्न सर्वोच्चले आदेश दिएको छ ।
उक्त मुद्दामा कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, बद्रीबहादुर कार्की, सतिसकृष्ण खरेल, पूर्णमान शाक्य र डा. दिनमणि पोखरेल लगायत तथा नेपाल सरकारका तर्फबाट महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेल, नायब महान्यायाधिवक्ता लोकराज पराजुली, खेमराज ज्ञवाली र ध्रुवकुमार चौहान लगायतले बहस गर्नुभएको थियो ।
| विषय / क्षेत्र | मुख्य विवरण वा सार |
| अदालतको आदेश | दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन अस्वीकार; न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासबाट निर्णय । |
| आधार र छिटो सुनुवाइ | प्रहरी सङ्गठनको नेतृत्व र शान्ति सुरक्षासँग जोडिएको संवेदनशील विषय अन्तिम सुनुवाइमै निरूपण हुने; लिखित जवाफ परेपछि वा अवधि सकिएपछि सात दिनभित्र पेसी चढाउन र पेसी हटाउन नपाउने सूचना दिन आदेश । |
| कानुनी बहस | कार्कीका तर्फबाट राधेश्याम अधिकारी, बद्रीबहादुर कार्की, सतिसकृष्ण खरेल, पूर्णमान शाक्य र डा. दिनमणि पोखरेल; सरकारका तर्फबाट महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलसहितको बहस । |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














प्रतिक्रिया दिनुहोस्