काठमाडौँ, मंसिर ९ गते । गोश्वारा हुलाक कार्यालय, पार्सल शाखा डिल्लीबजारमा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता पर्वत गिरीका अनुसार गोश्वारा हुलाक कार्यालयमार्फत कुरियर गरी सामान विदेश पठाउन विभिन्न बहाना बनाइ बार्गेनिङ गर्दै सेवाग्राहीसँग घुस माग गरी लिएको पुष्टि भएपछि उहाँविरुद्ध बुधबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको हो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो २० हजार रुपैयाँ कायम गरी कैद र बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिइएको आयोगले जनाएको छ ।
| विषय / क्षेत्र | मुख्य विवरण वा सार |
| आरोपित र कार्यस्थल | छवि प्रसाद रिजाल, नायब सुब्बा, गोश्वारा हुलाक कार्यालय, पार्सल शाखा डिल्लीबजार । |
| आरोप र निकाय | विदेशमा सामान कुरियर पठाउन बहाना र बार्गेनिङ गरी सेवाग्राहीसँग घुस लिएको पुष्टि; अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता पर्वत गिरीको जानकारी । |
| बिगो, कानुन र अदालत | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगो रु. २० हजार कायम; कैद र बिगोबमोजिम जरिवाना मागदाबीसहित बुधबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर । |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












प्रतिक्रिया दिनुहोस्