11/26/2026, 14:32:28
बिहिबार, मङि्सर ११, २०८३

भोटेकोशी बाढी प्रभावितको अवस्था बुझ्न मन्त्री सीता बादी रसुवाको आमाछोदिङमोमा

महिला, बालबालिका तथा लैङ्गिक एवं यौनिक अल्पसङ्ख्यक समुदायको संरक्षण र पुनःस्थापनामा पहल गर्ने प्रतिबद्धता; विशेष कार्यक्रम आमाछोदिङमोबाटै सुरु गरिने

FILE PHOTO - SETOPRESS.COM
©FILE PHOTO - SETOPRESS.COM

काठमाडौँ, मङ्सिर १० गते । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी भोटेकोशी बाढीबाट प्रभावित समुदायको अवस्था बुझ्न रसुवाको आमाछोदिङमो गाउँपालिका पुग्नुभएको छ ।

गाउँपालिकामा आयोजित विशेष कार्यक्रममा सहभागी हुँदै मन्त्री बादीले बाढीबाट महिला, बालबालिका तथा लैङ्गिक एवं यौनिक अल्पसङ्ख्यक समुदायमा परेको प्रभावबारे जानकारी लिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

अनुगमनका क्रममा बाढीपछिको अवस्था, प्रभावित समुदायका तत्कालीन आवश्यकता र उनीहरूले भोग्नुपरेका समस्याबारे स्थानीय जन-प्रतिनिधि तथा सरोकारवाला निकायसँग छलफल गरिएको थियो ।

मन्त्री बादीले बाढी प्रभावित महिला, बालबालिका तथा लैङ्गिक एवं यौनिक अल्पसङ्ख्यक समुदायको संरक्षण, पुनःस्थापना र सामाजिक सुरक्षा सुनिश्चित गर्न आफ्नो तर्फबाट सक्दो सहयोग र पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रभावित समुदायको तत्कालीन आवश्यकता सम्बोधनसँगै दीर्घकालीन संरक्षण, पुनःस्थापना र सामाजिक सुरक्षाका लागि मन्त्रालयका विशेष कार्यक्रम तथा पहल आमाछोदिङमो गाउँपालिकाबाटै सुरु गरिने गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङले बताउनुभयो ।

विषय / क्षेत्र मुख्य विवरण वा सार
अनुगमन र भेटघाट भोटेकोशी बाढी प्रभावित क्षेत्र रसुवाको आमाछोदिङमो गाउँपालिकामा मन्त्री सीता बादीको आगमन; स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग छलफल ।
प्रभाव र प्राथमिकता बाढीबाट महिला, बालबालिका तथा लैङ्गिक एवं यौनिक अल्पसङ्ख्यक समुदायमा परेको असर, तत्कालीन आवश्यकता र समस्याबारे जानकारी ।
प्रतिबद्धता र सुरुवात संरक्षण, पुनःस्थापना र सामाजिक सुरक्षामा सक्दो सहयोग गर्ने मन्त्री बादीको प्रतिबद्धता; मन्त्रालयका विशेष कार्यक्रम आमाछोदिङमोबाटै सुरु गरिने (उपाध्यक्ष चण्डिका तामाङ) ।