धनगढी, मङ्सिर ४ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले उपलब्ध स्थानीय स्रोतसाधनको अधिकतम उपयोगबाट प्रदेशको आर्थिक समृद्धि र रोजगारी सिर्जना गर्न सकिने बताउनुभएको छ । प्रदेश नीति तथा योजना आयोगले धनगढीमा आयोजना गरेको विकास साझेदार संस्थाहरूसँगको अन्तरक्रियामा उहाँले स्पष्ट विकास लक्ष्य, दृढ इच्छाशक्ति र उपयुक्त दृष्टिकोणसहित अघि बढे समृद्धि हासिल हुने उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री भट्टले उद्यमशीलता र नवप्रवर्तनसम्बन्धी कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न विकास साझेदार संस्थाहरूको सहयोग आवश्यक रहेको बताउनुभयो । विशेषगरी पहाडी क्षेत्रमा बढ्दो बसाइँसराइ रोक्न, विपद्का जोखिम न्यूनीकरण तथा पूर्वतयारी गर्न र स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्न प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।
आयोगका अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री भट्टले अर्थतन्त्रको सबलीकरणबाट मात्रै विद्यमान समस्या समाधान गर्न सकिने बताउँदै राष्ट्रिय तथा अन्तरराष्ट्रिय विकास साझेदारसँग सहकार्य र समन्वय गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा आयोगका उपाध्यक्ष गोकर्णप्रकाश भट्टले प्रदेश सरकारका विकास प्राथमिकतामा लगानी साझेदारी गर्न आग्रह गर्दै आवश्यक नीतिगत तथा कानुनी विषयमा आयोगले सहजीकरण गर्ने बताउनुभयो । अन्तरक्रियामा आयोगका सदस्य हिरा चन्दसहित विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।
| क्षेत्र / बुँदा | मुख्य सार वा कारण |
| समृद्धि र रोजगारीको आधार | उपलब्ध स्थानीय स्रोतसाधनको अधिकतम उपयोग, स्पष्ट लक्ष्य, दृढ इच्छाशक्ति र उपयुक्त दृष्टिकोण । |
| मुख्य प्राथमिकता | पहाडी क्षेत्रमा बसाइँसराइ रोक्ने, विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारी गर्ने र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने । |
| साझेदारी र सहकार्य | उद्यमशीलता र नवप्रवर्तनका कार्यक्रम अघि बढाउन तथा अर्थतन्त्र बलियो बनाउन विकास साझेदारसँग समन्वय । |
| लगानी र सहजीकरण | प्रदेशका विकास प्राथमिकतामा लगानी साझेदारी गर्न आह्वान र नीतिगत/कानुनी सहजीकरणको प्रतिबद्धता । |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













प्रतिक्रिया दिनुहोस्