10/11/2026, 09:57:19
आइतबार, असोज २५, २०८३
- नेपाल टेलिकम : फेस्टिभल अनलिमिटेड -

नेपाल टेलिकमद्वारा दसैँ-तिहार लक्षित आकर्षक अफर सार्वजनिक: फाइबर इन्टरनेट जडानमा जडान शुल्क मिनाहा


काठमाडौँ, असोज २५ गते । नेपाल टेलिकमले नजिकिँदै गरेको बडादसैँ, दीपावली तथा छठ लगायत चाडपर्वलाई लक्षित गर्दै ग्राहकहरूका लागि विभिन्न सेवामा विशेष छुट तथा आकर्षक अफरहरू सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत नयाँ फाइबर टु दी होम (FTTH) इन्टरनेट जडान गर्ने ग्राहकले पाँच सय रुपैयाँ जडान शुल्क पूर्ण रूपमा मिनाहा पाउने टेलिकमले जनाएको छ।

नयाँ एफटिटिएच जडानमा यो सुविधा असोज २५ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुनेछ। त्यस्तै, १००, १५० र २०० एमबिपिएस क्षमताका नयाँ वार्षिक इन्टरनेट प्याकेज खरिद गर्ने ग्राहकले थप एक महिनाको सेवा निःशुल्क प्राप्त गर्नेछन् र प्याकेजमा पाइने बोनस मोबाइल डेटा पनि १३ महिनासम्म प्रयोग गर्न सकिनेछ।

मोबाइल सेवाका प्रयोगकर्ताहरूका लागि कम्पनीले ४९९ रुपैयाँ र ६९९ रुपैयाँका दुई प्रकारका ‘फेस्टिभल अनलिमिटेड’ प्याकेजहरू ल्याएको छ। ४९९ रुपैयाँको प्याकेजमा प्रतिदिन ५ जिबी र ६९९ रुपैयाँको ‘फेस्टिभल अनलिमिटेड प्रिमियम’ प्याकेजमा प्रतिदिन १० जिबी उच्च गतिको डेटा उपलब्ध हुनेछ भने तोकिएको सिमा सकिएपछि पनि सीमित गतिमा असीमित डेटा प्रयोग गर्न पाइनेछ।

यसैगरी, टेलिकमकै नेटवर्कभित्र प्रयोग गर्न सकिने गरी ९९ रुपैयाँमा एक हजार वटा एसएमएस पठाउन सकिने सुविधासहितको एसएमएस प्याकेज पनि सार्वजनिक गरिएको चाडपर्वको यस बेला सेवाग्राहीका लागि निकै उपयोगी हुनेछ।

नेपाल टेलिकमको चाडपर्व अफर मुख्य विवरण

सेवा / प्याकेज सुविधा तथा छुट विवरण
नयाँ एफटिटिएच (FTTH) जडान • ५०० रुपैयाँ जडान शुल्क मिनाहा
• १००, १५० र २०० एमबिपिएसको वार्षिक प्याकेजमा थप १ महिना निःशुल्क सेवा (अवधि: असोज २५ देखि कात्तिक ३०)
फेस्टिभल अनलिमिटेड प्याकेज (मोबाइल) • रु. ४९९ प्याकेज: प्रतिदिन ५ जिबी उच्च गतिको डेटा (त्यसपछि २ एमबिपिएस गतिमा असीमित)
• रु. ६९९ प्रिमियम प्याकेज: प्रतिदिन १० जिबी उच्च गतिको डेटा (त्यसपछि ३ एमबिपिएस गतिमा असीमित)
एसएमएस प्याकेज टेलिकमकै नेटवर्कभित्र प्रयोग गर्न मिल्ने ९९ रुपैयाँमा १,००० एसएमएस पठाउन सकिने सुविधा