काठमाडौँ, असोज २५ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मौजुदा क्यासिनो नियमावलीमा पहिलो पटक संशोधन गर्दै मन्त्रालयले क्यासिनो नियमावली, २०८३ नेपाल राजपत्रमा जारी गरेको छ।
पर्यटन ऐन, २०३५ को दफा ५६ ले दिएको अधिकार प्रयोग गर्दै नयाँ व्यवस्था ल्याइएको हो, जसअनुसार साना क्यासिनोलाई ठूला क्यासिनोमा स्तरोन्नति गर्न र सञ्चालनमा रहेका क्यासिनोहरूको क्षमता विस्तार गर्न मिल्ने कानुनी बाटो खुलेको छ।
नयाँ व्यवस्था अनुसार क्षमता विस्तार गर्दा लाग्ने शुल्क क्यासिनोको आकार अनुसार फरक हुने छ । सानो क्यासिनोले आफ्नो स्वीकृत क्षमताको ५० प्रतिशतसम्म विस्तार गर्दा ५० लाख रुपियाँ शुल्क तिर्नुपर्ने छ भने ५० प्रतिशतभन्दा बढी क्षमता विस्तार गरेमा एक करोड ५० लाख रुपियाँ शुल्क तिर्नुपर्ने छ ।
प्रमुख व्यवस्था तथा शुल्कसम्बन्धी विवरण
| विषय / क्षेत्र | मुख्य प्रावधान तथा शुल्क विवरण |
| क्षमता विस्तारको अनुमति | क्यासिनोको खेल स्थलको क्षेत्रफल, टेबल वा उपकरण बढाउन पर्यटन विभागमा निवेदन दिनुपर्ने र स्थलगत अनुगमन तथा मापदण्ड पूरा भएपछि मात्र अनुमति पाइने |
| साना क्यासिनो क्षमता विस्तार शुल्क |
• स्वीकृत क्षमताको ५०% सम्म विस्तार गर्दा: ५० लाख रुपैयाँ • ५०% भन्दा बढी विस्तार गर्दा: एक करोड ५० लाख रुपैयाँ |
| ठूला क्यासिनो क्षमता विस्तार शुल्क |
• स्वीकृत क्षमताको ५०% सम्म विस्तार गर्दा: एक करोड ५० लाख रुपैयाँ • ५०% भन्दा बढी विस्तार गर्दा: तीन करोड रुपैयाँ |
| स्तरोन्नतिसम्बन्धी नियम | सानो क्यासिनोबाट ठूलामा स्तरोन्नति हुन तोकिएको चुक्तापुँजी, ठूला क्यासिनोका लागि निर्धारित इजाजतपत्र दस्तुर, रोयल्टी तथा बैङ्क जमानतमा अपुग रकम दाखिला गर्नुपर्ने |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











