मकवानपुर, असोज २४ गते । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ मा प्रदेशको विकास निर्माण तथा सेवा प्रवाहका कामलाई थप प्रभावकारी र तीव्रता दिने निर्णय गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश सचिवहरूको बैठकले वार्षिक कार्ययोजना र बजेटको प्राथमिकता अनुसार कार्य सम्पादनलाई परिणाममुखी बनाउने दिशामा अग्रसर हुने निर्णय गरेको हो।
बैठकले सम्भावित विपद्का जोखिमलाई दृष्टिगत गर्दै उद्धार, राहत, जनशक्ति, स्रोतसाधन तथा अन्तरनिकाय समन्वयको पूर्वतयारीलाई तत्काल सुनिश्चित गर्ने निर्णय गरेको छ। यसका साथै आगामी चाडपर्वहरू (दसैँ, तिहार र छठ) लाई मध्यनजर गर्दै नागरिकलाई सुरक्षित सार्वजनिक सेवा, सुविधायुक्त यातायात, सुरक्षा र प्रभावकारी बजार अनुगमनको व्यवस्था मिलाइने भएको छ।
सरकारले औपचारिकतातर्फ मात्र सीमित नरही सरसफाइ सप्ताहलाई अभियानकै रूपमा सञ्चालन गर्ने र कार्यालयहरूमा देखिएको प्रक्रियागत ढिलाइ घटाउँदै समयमै निर्णय लिने नीति लिएको छ। प्रत्येक मन्त्रालयले आफ्ना प्रमुख प्राथमिकताका काममा स्पष्ट लक्ष्य र समयसीमा निर्धारण गरी ‘सरकारले परिणाम दिइरहेको छ’ भन्ने अनुभूति दिलाउने अपेक्षा गरिएको छ।
साथै, प्रदेशस्तरमा भएका उत्कृष्ट उपलब्धि तथा दृश्यहरूस आवश्यक विवरणसहित सङ्घीय सरकारमा पठाउने र मासिक प्रगति प्रतिवेदनहरू आगामी तीन दिनभित्र अनिवार्य पेस गर्ने व्यवस्था मिलाइएको छ। यसले प्रदेश सरकारका कामहरूको प्रभावकारी अभिलेखीकरण र राष्ट्रियस्तरमा प्रचार-प्रसार गर्न सहयोग पुग्नेछ।
प्रमुख निर्णय तथा कार्ययोजनाहरू
| क्षेत्र / विषय | मुख्य निर्णय तथा निर्धारित कार्यहरू |
| विकास निर्माण र सेवा प्रवाह |
• वार्षिक कार्ययोजना र क्यालेन्डरअनुसार कार्यसम्पादनलाई परिणाममुखी बनाउने • प्रक्रियागत ढिलाइ हटाउँदै समयमै निर्णय र नतिजामुखी कार्य गर्ने |
| विपद् तथा चाडपर्व व्यवस्थापन |
• विपद् उद्धार, राहत र पूर्वतयारीका लागि स्रोतसाधन र अन्तरनिकाय समन्वय बलियो बनाउने • चाडपर्वमा सार्वजनिक सेवा, सुरक्षा, स्वास्थ्य र बजार अनुगमनलाई विशेष संवेदनशीलताका साथ अघि बढाउने |
| अभियान तथा प्रचारप्रसार |
• सरसफाइ सप्ताहलाई समुदायस्तरमा स्वच्छता र वातावरण संरक्षणको अभियानको रूपमा सफल पार्ने • प्रदेशका उत्कृष्ट तीनवटा उपलब्धिमूलक तस्बिर आवश्यक विवरणसहित सङ्घीय सरकारमा पठाउने |
| अनुगमन र प्रतिवेदन |
• मासिक सचिव बैठकका निर्णयहरूको प्रगति प्रतिवेदन आगामी ३ दिनभित्र अनिवार्य पठाउने • मन्त्रालयहरूसँगको समन्वयलाई निरन्तरता दिँदै कार्यसम्पादन सुधार गर्ने |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









