काठमाडौँ, असोज २५ गते । नेपाल राष्ट्र बैङ्कका अनुसार हाल बैङ्क तथा वित्तीय संस्थासँग १० खर्बभन्दा बढी लगानीयोग्य रकम रहेको छ भने ब्याजदर पनि औसतमा साढे छ प्रतिशतमा झरेको छ। तर, यति धेरै सहज वित्तीय अवस्था र न्यून ब्याजदर हुँदापनि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा भने देखिन सकेको छैन।
नेप्से परिसूचक निरन्तर दबाबमा रही २५ सयको लाइनमै सीमित हुनु र कारोबार रकम पाँच अर्बभन्दा तल खुम्चिनुले बजारमा पैसा भएर पनि लगानीकर्तामा जोखिम लिने आत्मविश्वास कमजोर रहेको स्पष्ट सङ्केत गरेको छ। राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार बैङ्कमा कुल निक्षेप ८४ खर्ब ५८ अर्ब पुग्दा कुल कर्जा प्रवाह ६० खर्ब ६१ अर्बमा स्थिर छ र सिडी रेसियो ७१.०९ प्रतिशतमा रहेको छ।
सेयर बजार विश्लेषक छोटेलाल रौनियारका अनुसार नीतिगत ढिलासुस्ती, कडा नियमन र सुधारका कार्यक्रमहरू पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा लगानीकर्तामा अन्योल कायम भएको छ। भविष्यको प्रतिफल र बजारको दिशा स्पष्ट नहुन्जेल लगानीकर्ताहरू थप जोखिम लिनुभन्दा पर्ख र हेरको अवस्थामा रहेको उहाँको भनाइ छ।
ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष प्रियराज रेग्मीले पुराना र खराब अभ्यासलाई नियन्त्रण गरी प्रणालीलाई ‘ट्र्याक’ मा ल्याउने क्रममा देखिएका नीतिगत प्रयासले सुरुवाती चरणमा केही मनोवैज्ञानिक त्रास वा अन्योल सिर्जना गरे पनि अर्थतन्त्रमा सुधारसँगै पुँजी बजारमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको बताएका छन्।
मुख्य वित्तीय सूचक तथा विश्लेषकका निष्कर्ष
| विषय / क्षेत्र | विवरण तथा तथ्याङ्क |
| बैंकिङ तरलता र निक्षेप |
• लगानीयोग्य रकम: १० खर्बभन्दा बढी • कुल निक्षेप: ८४ खर्ब ५८ अर्ब • कुल कर्जा प्रवाह: ६० खर्ब ६१ अर्ब (सिडी रेसियो: ७१.०९%) |
| ब्याजदर स्थिति | औसत ब्याजदर घटेर साढे छ प्रतिशतको आसपासमा |
| सेयर बजारको अवस्था |
• नेप्से परिसूचक: २५ सयको लाइनमा दबाबमा • दैनिक कारोबार: ५ अर्बभन्दा कम |
| बजार सुस्त हुनुका कारण | नीतिगत ढिलासुस्ती, कडा नियमन, सुधारका कार्यक्रम कार्यान्वयनमा अन्योल र लगानीकर्तामा आत्मविश्वासको कमी |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






