गोरखा, असोज २५ गते । गोरखाको बूढीगण्डकी नदीमा आएको ठूलो बाढीले ६ वटा पुल र चुमनुब्री गाउँपालिका–३ पैयुँ तथा बगरका करिब ३५ घर बगाएको छ। बाढीमा परी कम्तीमा १० जना सम्पर्कविहीन भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभएको छ।
बाढीले दुई वटा मोटरेबल पुल र चार वटा झोलुङ्गे पुलमा क्षति पुर्याएको छ। आरुघाट तथा धादिङको त्रिपुरासुन्दरी जोड्ने र आरुघाटको सोती तथा मान्बु जोड्ने पक्की पुल बाढीले बगाएको छ भने धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिज पनि नष्ट भएको छ।
यसैगरी, माछिखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत् जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ। बाढीका कारण जगत्, सल्लेरी, दोभान र घट्टेखोला क्षेत्रमा ठूलो असर परेको छ। बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिको थप विवरण सङ्कलन भइरहेको छ ।
क्षति तथा प्रभावित क्षेत्रको विवरण
| विवरण / संरचना | प्रभावित क्षेत्र तथा स्थान |
| मोटरेबल / पक्की पुल | आरुघाट–त्रिपुरासुन्दरी (धादिङ), आरुघाट सोती–मान्बु र धार्चेको बेलिब्रिज |
| झोलुङ्गे पुलहरू | माछिखोला–केरौँजा, ठाडो भर्याङ–जगत्, घट्टेखोला–फिलिम (६ वटा पुल कुल) |
| घरहरू बगाएको क्षेत्र | चुमनुब्री गाउँपालिका–३ पैयुँ तथा बगर (करिब ३५ घर) |
| मानवीय स्थिति | कम्तीमा १० जना सम्पर्कविहीन |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







