गण्डकी, असोज १७ गते । स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र साइलेन्सरबाट चर्को आवाज निकालेर ध्वनि प्रदूषण गराउने मोटरसाइकल विरुद्ध कास्की प्रहरीले चलाएको ‘अपरेशन ३६५’ अन्तर्गत हालसम्म ८८२ वटा मोटरसाइकल कारबाहीमा परेका छन्। जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले संयुक्त रूपमा गत वर्षको असोजदेखि यो अभियान सञ्चालन गर्दै आएका हुन्।
कारबाहीका क्रममा प्रहरीसँग वादविवाद गर्ने, समाजमा त्रास सिर्जना गर्ने र होहल्ला गर्दै हिँड्ने ३६ जना मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। शुक्रबार मात्रै स्वरूप परिवर्तन गरिएका र ध्वनि प्रदूषण गराउने ११ वटा मोटरसाइकल नियन्त्रणमा लिई कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो।


मोटरसाइकलका पार्टपुर्जा फेरेर स्वरूप परिवर्तन गर्ने, रातको समयमा चर्को र पड्किने आवाज निकालेर शान्ति सुव्यवस्था खल्बल्याउने गतिविधि बढेपछि जन-गुनासोका आधारमा प्रहरीले यो विशेष अभियान सञ्चालन गरेको हो। प्रहरीले कतिपय चालकलाई सम्झााइबुझाइ परिवारको जिम्मा लगाउने गरेको छ भने समाजमा होहल्ला र त्रास फैलाउनेलाई कानुनी दायरामा ल्याउने गरेको छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार स्वीकृति नलिई सवारीसाधनको साइलेन्सर, सिट, रङ, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, इन्जिन वा चेसिसमा परिवर्तन गरेमा रु १५ हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। प्रहरीले यस्ता अवाञ्छित गतिविधि देखेमा नजिकको प्रहरी कार्यालयमा सूचना दिन र सूचना दिने व्यक्तिको गोपनीयता कायम राखिनेसमेत स्पष्ट पारेको छ।


अपरेशन ३६५ र कारबाही तथ्याङ्क
| विवरण/विषय (Detail) | स्थिति/तथ्य (Status/Fact) |
| अभियानको नाम र आयोजक | ‘अपरेशन ३६५’ (जिल्ला प्रहरी तथा ट्राफिक प्रहरी कार्यालय, कास्की) |
| कारबाही परेका कुल मोटरसाइकल | ८८२ वटा (गत असोजदेखि हालसम्म) |
| नियन्त्रणमा लिइएका चालक | ३६ जना |
| शुक्रबारको कारबाही | ११ वटा मोडिफाइड मोटरसाइकल नियन्त्रणमा |
| मुख्य कसुरहरू | अनधिकृत मोडिफिकेसन, साइलेन्सरबाट चर्को/पड्किने आवाज, ध्वनि प्रदूषण, प्रहरीसँग वादविवाद |
| कानुनी जरिवाना व्यवस्था | सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार रु १५,००० सम्म जरिवाना |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































