मुस्ताङ, असोज १९ गते । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले कोरला नाकालाई थप सहज, व्यवस्थित र सुरक्षित बनाउन चीन सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
ल्हासाबाट मुस्ताङ प्रवेश गर्नुभएका चिनियाँ राजदूत माओमिङको नेतृत्वमा रहेको सात सदस्यीय टोलीले कोरला नाकादेखि सदरमुकाम जोमसोमसम्म पुगेर व्यापार, पारवहन तथा आयात-निर्यातको वर्तमान अवस्थाबारे स्थलगत जानकारी लिएको हो।


कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम–कोरला सडकखण्ड बाढीपहिरोका कारण अवरुद्ध हुँदा दसैँ-तिहारका लागि कोरला नाका हुँदै ल्याइएका विद्युतीय सवारी, लत्ताकपडा लगायतका सामग्री बोकेका १०० भन्दा बढी कन्टेनर भन्सार क्षेत्रमै रोकिएका छन्। यसै सन्दर्भमा चिनियाँ टोलीले भन्सार, अध्यागमन र स्थानीय कार्यालयहरूको अवलोकन गर्दै वर्षैभरि चौबिसै घण्टा भन्सार नाका सञ्चालन गर्न सकिने/नसकिने र आवश्यक पूर्वाधारबारे विशेष चासो व्यक्त गरेको छ।
प्रमुख जिल्ला अधिकारी अजिता शर्मासहित सुरक्षा समितिका अधिकारीहरूसँग भएको समन्वय बैठकमा राजदूत माओमिङले रोकिइरहेका सामान सहज रूपमा गन्तव्यसम्म पुर्याउन सहयोग गर्ने आश्वासन दिनुभयो।


साथै, गैरकानुनी गतिविधि रोक्न संयुक्त गस्ती र अन्तरदेशीय समन्वय बैठक गर्ने तथा कोरला नाकालाई बाह्रै महिना सञ्चालनमा ल्याउन नेपाल सरकारले माग्ने जुनसुकै सहयोग गर्न चीन तयार रहेको उहाँले बताउनुभयो।
नेपाल–भारत सीमा त्रिवेणीदेखि चीन जोड्ने ४३५ किलोमिटर लामो राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरले जोडिएको यो नाका भारत र चीनबीचको छोटो स्थलमार्ग मानिन्छ।


विसं २०८० कात्तिक २७ गते औपचारिक उद्घाटन भई २०८२ भदौ ३० गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको कोरला नाकालाई चीनले उच्च प्राथमिकतामा राख्दै आएको छ।
| विषय (Topic) | प्रमुख तथ्य तथा विवरण (Key Details & Facts) |
| चिनियाँ राजदूत/टोली | चाङ माओमिङ (नेपालका लागि चिनियाँ राजदूत) को नेतृत्वमा ७ सदस्यीय टोली |
| वर्तमान समस्या | बाढीपहिरोले सडक अवरुद्ध हुँदा १०० भन्दा बढी कन्टेनर भन्सार क्षेत्रमा रोकिएका |
| चीनको प्रतिबद्धता | नाका बाह्रै महिना/२४ घण्टा सञ्चालन, सुरक्षा गस्ती र पूर्वाधार विकासमा सहयोग |
| नाकाको इतिहास र महत्त्व | २०८० कात्तिक २७ मा उद्घाटन, २०८२ भदौ ३० देखि व्यावसायिक सञ्चालन; कुल लम्बाइ ४३५ किमी |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































