10/13/2026, 01:10:23
सोमबार, असोज २६, २०८३

रास्वपा नेता पराजुलीद्वारा बेइजिङस्थित नेपाली राजदूतावासमा भेटघाट, चीनको आर्थिक समृद्धि र जलवायु न्यायमा जोड

FILE PHOTO - SETOPRESS.COM
©FILE PHOTO - SETOPRESS.COM

काठमाडौं, असोज २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुली नेतृत्वको टोलीले चीनको बेइजिङस्थित नेपाली राजदूतावासमा पुगी भेटघाट तथा समसामयिक विषयमा छलफल गरेको छ।

‘द चाइनिज पिपल्स एशोसियशन फर फ्रेन्डसिप विथ फोरेन कन्ट्रिज’ कार्यक्रममा भाग लिन चीन पुग्नुभएका उहाँलाई दूतावासमा कार्यबाहक राजदूत रोशन खनालले स्वागत गर्नुभएको थियो।

भेटका क्रममा विश्वमै आर्थिक रूपले शक्तिमान बन्दै गएको चीनको आर्थिक समृद्धिबाट नेपालले लिन सक्ने लाभका विषयमा व्यापक कुराकानी भएको छ। नेपाल र बीचको सुमधुर सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउँदै द्विपक्षीय आर्थिक सहयोगलाई बलियो बनाउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिइएको छ।

हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी-त्रिशुली विपद् सम्बन्धी विशेष समितिका सभासद् समेत रहनुभएका नेता पराजुलीले कार्यक्रमलाई सम्बोधन गर्नुहुने तालिका छ। उहाँले आफ्नो भ्रमणका क्रममा विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्दै नेपालले भोग्नुपरेको जलवायु परिवर्तनको असर र जलवायु न्यायका पक्षमा दृढतापूर्वक आफ्ना धारणा राख्नुहुनेछ।

उपनेता पराजुलीको यो भ्रमणले नेपाल-चीन सम्बन्धलाई थप उचाइमा पुर्‍याउनुका साथै नेपालको जलवायु एजेन्डालाई अन्तर्राष्ट्रिय मञ्चमा मुखरित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

विषय शिर्षक विवरण
भेटघाट स्थल बेइजिङस्थित नेपाली राजदूतावास, चीन
मुख्य सहभागीहरू रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली तथा कार्यबाहक राजदूत रोशन खनाल
भ्रमणको मुख्य उद्देश्य ‘द चाइनिज पिपल्स एशोसियशन फर फ्रेन्डसिप विथ फोरेन कन्ट्रिज’ कार्यक्रममा सहभागिता
प्रमुख छलफल नेपाल-चीन आर्थिक सहकार्य, समृद्धिको अनुभव आदानप्रदान तथा जलवायु न्याय