बनेपा, असोज २८ गते। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा धार्मिक शक्तिपीठ पलाञ्चोक भगवतीको दर्शन गर्नुभएको छ। प्रधानमन्त्री शाहले बुधबार बिहान करिब १० बजे पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवतीको मन्दिर पुगी पूजाआजा तथा दर्शन गर्नुभएको हो।
पाँचखाल नगरपालिका–९ का वडाध्यक्ष रामकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री शाहसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र राजनीतिक सल्लाहकार कुमार बेन पनि मन्दिर आइपुग्नुभएको थियो।
मन्दिरमा करिब १० मिनेट बिताउनुभएका प्रधानमन्त्री शाहले पलाञ्चोक भगवतीका साथै नजिकै रहेको कालिकादेवीको समेत दर्शन गर्नुभएको मन्दिरका पुजारी सुजित बज्राचार्यले जानकारी दिनुभयो। प्रधानमन्त्री शाह स्थलमार्ग भएर पलाञ्चोक पुग्नुभएको थियो।
पलाञ्चोक भगवती मन्दिर नेपालका प्रसिद्ध शक्तिपीठहरूमध्ये एक हो जहाँ विशेष पर्व तथा नवरात्रका अवसरमा भक्तजनहरूको उल्लेख्य उपस्थिति हुने गर्दछ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









