काठमाडौँ, असोज २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले प्रतिनिधि सभाको दोस्रो अधिवेशनमा गरेका क्रियाकलाप, भूमिका र प्रगति विवरणसहितको ‘रिपोर्ट कार्ड’ सार्वजनिक गर्नुभएको छ।
रिपोर्ट कार्ड अनुसार उहाँले संसद्को दोस्रो अधिवेशनमा जनजीविका, सामाजिक न्याय, सुशासन, दलित अधिकार, जलवायु न्याय, प्रेस स्वतन्त्रता, शिक्षा र स्वास्थ्यलगायतका विषयमा सदनको विशेष ध्यानाकर्षण गराउनुभएको छ।
संसदीय दलको सचेतकका रूपमा समन्वयकारी र नेतृत्वदायी भूमिका निर्वाह गर्दै परियारले सहकारी क्षेत्रका समस्या, सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी व्यवस्था, आत्महत्या रोकथाम, मानसिक स्वास्थ्य र सार्वजनिक जवाफदेहिताका सवालहरू प्रभावकारी रूपमा उठाउनुभएको छ।

त्यसैगरी, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक तथा प्रतिनिधिसभा नियमावली लगायतका विषयमा उहाँले विधेयक संशोधन र संसदीय टिप्पणीमा सक्रिय सहभागिता जनाउनुभएको छ।
यसैगरी, परियारले संसद्मा मात्र सीमित नरही कानुन निर्माण, न्याय तथा मानव अधिकारसँग सम्बन्धित संसदीय समितिका बैठक तथा छलफलमा समेत सक्रिय रूपमा भाग लिनुभएको छ। समितिगत काममार्फत विभिन्न विधेयकको अध्ययन, कानुनी व्यवस्थामाथिको छलफल र नीतिगत विषयमा उहाँले महत्त्वपूर्ण योगदान पुर्याउनुभएको छ।
साथै, उहाँले सामाजिक रूपान्तरण, साहित्यिक बहस, सार्वजनिक पुस्तक विमोचन, शैक्षिक परामर्श तथा राजनीतिक दलहरूसँग सम्बन्धित विभिन्न सार्वजनिक छलफलहरूमा समेत पार्टीको तर्फबाट जिम्मेवार सहभागिता जनाउँदै आएको प्रगति विवरणमा उल्लेख गरिएको छ।
| विवरण / पक्ष | मुख्य तथ्य तथा विवरण |
| प्रस्तुतकर्ता | प्रकाशचन्द्र परियार (सचेतक, राष्ट्रिय स्वतन्त्र पार्टी) |
| सम्बोधित विषयहरू | जनजीविका, सुशासन, दलित अधिकार, जलवायु न्याय, शिक्षा तथा स्वास्थ्य |
| विधायिकी सहभागिता | सहकारी संशोधन विधेयक, सम्पत्ति शुद्धीकरण निवारण विधेयक र अन्य संसद् गतिविधि |
| प्रमुख भुमिका | संसदीय दलको सचेतकका रूपमा समन्वय र कानुन निर्माणमा सक्रियता |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












