काठमाडौँ, कात्तिक २८ गते । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनको असर आदिवासी जनजातिमाथि प्रत्यक्ष रूपमा परिरहेको यथार्थलाई आफूले विश्व मञ्चमा जोडदार रूपमा उठाएको बताउनुभएको छ।
टर्कीको अन्ताल्यामा आयोजित संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी आदिवासी जनजाति प्रतिनिधिमण्डलसँगको भेटघाटमा उहाँले सो कुरा स्पष्ट पार्नुभएको हो। आफैँ पनि आदिवासी जनजाति समुदायबाट प्रतिनिधित्व गर्ने भएकाले राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनले यस समुदायमा पारेको गम्भीर असरबारे निरन्तर कुरा राख्दै आएको उहाँको भनाइ थियो।
रसुवा र भोटेकोशी क्षेत्रमा गएको बाढीको विध्वंसले आदिवासी जनजातिहरूलाई सबैभन्दा बढी प्रभावित गरेको उल्लेख गर्दै मन्त्री चौधरीले यस्ता प्राकृतिक विपत्तिहरूका कारण उनीहरू आफ्नो थातथलो छाडेर विस्थापित हुनुपर्ने बाध्यता सिर्जना भएको बताउनुभयो।
“यो विषयलाई मैले कोप सम्मेलनका बहुपक्षीय र द्विपक्षीय वार्ता तथा संवादहरूमा जोडका साथ उठाएकी छु र यो आवाज सधैँ उठाउनेछु,” उहाँले भन्नुभयो। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्र प्रभावित हुँदा समग्र नेपाली समाजको स्वरूप नै परिवर्तन हुने खतरा बढेको उहाँको चिन्ता थियो।
सो अवसरमा आदिवासी जनजाति नेता तथा अभियन्ताहरूले प्राकृतिक विपद्बाट समुदायले भोगिरहेको पीडालाई अन्तर्राष्ट्रिय मञ्चमा अझ बढी जोडबलका साथ राख्न मन्त्री चौधरीलाई आग्रह गरेका थिए। जवाफमा मन्त्री चौधरीले कोप सम्मेलनका विभिन्न संवाद र वार्ताहरूमा नेपालले ‘हानि–नोक्सानी कोष’ (Loss and Damage Fund) बाट उचित क्षतिपूर्ति र रकम पाउनुपर्ने विषयमा सशक्त बहस भइरहेको जानकारी दिनुभयो।
सम्मेलनको बाँकी अवधिमा पनि नेपालले आफ्ना राष्ट्रिय एजेन्डा र हिमाल समुदायका मुद्धालाई जिवन्त राख्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।
| विवरण | तथ्य / जानकारी |
| मुख्य वक्ता | गीता चौधरी (कृषि, वन तथा पर्यावरण मन्त्री) |
| कार्यक्रम | कोप–३१ सम्मेलनका क्रममा आदिवासी जनजाति प्रतिनिधिहरूसँगको भेट (अन्ताल्या, टर्की) |
| मुख्य मुद्दा | आदिवासी जनजातिमा जलवायु परिवर्तनको असर, रसुवा तथा भोटेकोशी बाढीको प्रभाव |
| नेपालको मुख्य माग | हानि–नोक्सानी कोषबाट जलवायु वित्त तथा क्षतिपूर्ति प्राप्ति |
| प्रमुख जोड | अन्तर्राष्ट्रिय मञ्चमा आदिवासी र हिमाली मुद्धालाई सशक्त रूपमा प्रस्तुत गर्ने |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








प्रतिक्रिया दिनुहोस्