काठमाडौँ, भदौ २२ गते। भोटेकोशी र त्रिशूली नदीमा आएको गेग्य्रानसहितको भीषण बाढीबाट प्रभावितहरूको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत कार्यका लागि नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले राष्ट्रिय कोषमा एक करोड ५१ लाख रुपियाँ सहयोग गरेको छ।
उक्त रकम बराबरको चेक कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको छ।
बाढीबाट भएको ठुलो जनधनको क्षतिले कम्पनी परिवारलाई अत्यन्त दुःखी बनाएको उल्लेख गर्दै प्रभावित क्षेत्रमा उद्धार तथा सहायता कार्यमा जुट्न कम्पनीले आफ्ना सम्पूर्ण कर्मचारी र अभिकर्ताहरूलाई अनुरोध गरेको छ।
कम्पनीले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ। साथै, बाढीमा परी घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























