धरान (सुनसरी), मङ्सिर १२ गते । गृहमन्त्री सुधन गुरुङले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा उहाँले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राख्नुभयो ।
गृहमन्त्री गुरुङले बिरामीको हित र स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । उहाँले बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्नसमेत निर्देशन दिनुभयो ।
अनुगमनका अवसरमा उपकुलपति प्रा.डा. स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, भइरहेका प्रयास तथा अन्य भावी योजनाबारे जानकारी गराउनुभएको थियो ।
बिरामी र कुरुवाले सहज र सुरक्षित वातावरणमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने अवस्था सुनिश्चित गर्न प्रतिष्ठान प्रशासन र सुरक्षा निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको छ ।
| विषय / क्षेत्र | मुख्य विवरण वा सार |
| अनुगमन र चासो | धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन; बिरामीको सुरक्षा, उपचारको सहजता र बिचौलियाको सम्भावित प्रभावबारे चासो (गृहमन्त्री सुधन गुरुङ) । |
| निर्देशन | बिरामीको हित, स्वास्थ्य सेवा र सुरक्षालाई उच्च प्राथमिकता; बिचौलियाले बिरामी अन्यत्र लैजाने र अनावश्यक एम्बुलेन्स प्रवेश गराउने गतिविधि नियन्त्रण गर्न निर्देशन । |
| जानकारी र प्रस्तुति | उपकुलपति प्रा.डा. स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत पदाधिकारीबाट स्वास्थ्य सेवा, प्रयास र भावी योजनाबारे जानकारी । |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



















प्रतिक्रिया दिनुहोस्