

विराटनगर, असोज १३ गते । तास खेलिरहेको अवस्थामा पक्राउ परी जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएका विराटनगर महानगरपालिका-१४ का ५५ वर्षीय बलराम कोइरालाको उपचारका क्रममा मंगलबार मृत्यु भएको छ। प्रहरी हिरासतमा अचानक बेहोस भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो।
विराटनगर–६ सरोचियास्थित लालु पासवानको घरमा सोमबार राति गस्ती टोली पुगेपछि भागदौड भएको थियो। सो क्रममा कोइराला भाग्न खोज्दा लडेर सामान्य घाइते भएका थिए। प्रहरीले उनीसहित आठ जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको थियो।
मंगलबार बिहान साढे ७ बजेसम्म पनि नउठेपछि उठाउन खोज्दा कोइराला बेहोस पाइएका थिए। लगत्तै उनलाई कोशी अस्पताल र त्यसपछि थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएकोमा बिहान ११ बजे चिकित्सकले मृत घोषणा गरेको मोरङ प्रहरीका सूचना अधिकारी एवं डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो।
सोही घटनामा प्रहरीको गिरफ्तारीबाट बच्न घरको दोस्रो तलाबाट हामफालेका विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखियाको दाहिने खुट्टा भाँचिएको छ। उनको श्री अस्पतालमा प्रहरी निगरानीमा उपचार भइरहेको छ। प्रहरीले घटनास्थलबाट तास र ४८ हजार ३९५ रुपियाँ नगद बरामद गरी बाँकी ६ जनामाथि कारबाही प्रक्रिया अघि बढाएको छ।
| विवरण (Detail) | स्थिति/तथ्य (Status/Fact) |
| मृतकको नाम/उमेर | बलराम कोइराला (५५ वर्ष), विराटनगर-१४ |
| घाइते व्यक्ति | चन्दन मुखिया (४१ वर्ष) – दुई तलाबाट हामफाल्दा खुट्टा भाँचिएको |
| घटनास्थल | सरोचिया, विराटनगर–६ (लालु पासवानको घर) |
| बरामद सामग्री | तास र रु. ४८,३९५ नगद |
| उपचार गरिएको अस्पताल | नोबेल शिक्षण अस्पताल, विराटनगर |
| प्रहरी अधिकारीहरू | एसपी कवित कटवाल, डिएसपी मकेन्द्रकुमार मिश्र |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























