

विराटनगर, भदौ २० गते । मोरङको विराटनगरमा सार्वजनिक स्थलमा विद्यालय पोशाकमा हिँडिरहेका दुई युवतीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा विराटनगर–४ का ३५ वर्षीय महेशकुमार मण्डल र बाराको परवानीपुर–१ घर भई हाल विराटनगर बस्ने ३३ वर्षीय अखिलेशकुमार प्रसाद रहेका छन्।
विराटनगर–९ स्थित महेन्द्रचोकमा शुक्रबार दिउँसो मोटरसाइकलमा सवार दुवै जनाले सडकमा हिँडिरहेका छात्रामाथि अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उक्त भिडियोका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले उनीहरूको खोजी गरी पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेका दुवै जनामाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी म्याद थप गरेर आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





















