काठमाडौँ, मङ्सिर १२ गते । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको स्थायित्व र विकासका लागि पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा बोल्दै उहाँले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको तथा जिल्ला र प्रदेश अधिवेशन पनि छिट्टै हुने जानकारी दिनुभयो ।
महामन्त्री पौडेलले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भोगेका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुने गरी काम गर्न आग्रह गर्दै “जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सधैँ अगाडि लाग्नुपर्छ” भन्नुभयो ।
कांग्रेस नेपाली राजनीतिको विश्वविद्यालय तथा बलिदान र समर्पणको इतिहास बोकेको दल भएकाले शासन गर्न नभई सेवा गर्न बनेको उल्लेख गर्दै उहाँले बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको बताउनुभयो ।
कार्यक्रममा महामन्त्री पौडेलले स्थानीय तहका नेता–कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गा संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा उभिन आग्रह गर्नुभयो भने क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने बताउनुभयो।
साथै केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनियर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयसहित महानगर, तारकेश्वर, टोखा, प्रदेशसभा तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो ।
| विषय / क्षेत्र | मुख्य विवरण वा सार |
| निर्वाचन तयारी र अधिवेशन | स्थानीय तहको निर्वाचन तयारीमा एकजुट हुन जोड; वडा र क्षेत्रको निर्वाचन सम्पन्न, जिल्ला तथा प्रदेश अधिवेशन छिट्टै हुने (महामन्त्री प्रदीप पौडेल) । |
| एकता र कार्यदिशा | १५औँ महाधिवेशनमा पराजितलाई समेट्दै अघि बढ्ने; जनताको मुद्दा, सार्वजनिक जग्गा संरक्षण, सामुदायिक विद्यालयमा विद्यार्थी वृद्धि र न्यायको पक्षमा काम गर्न आग्रह । |
| सङ्गठन र सम्मान | क्षेत्र नं ६ सभापति ख्यामराज तिवारीद्वारा चुनावकेन्द्रित सङ्गठन परिचालनमा जोड; केन्द्रीय सदस्य हरिप्रभा खड्गी श्रेष्ठ, लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयसहित विभिन्न तहका सभापति सम्मानित । |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















प्रतिक्रिया दिनुहोस्