बैतडी, असोज २६ गते । बैतडीमा मोबाइल बैंकिङ र सामाजिक सञ्जालको दुरुपयोग गरी डिजिटल ठगीका घटनाहरू तीव्र रूपमा बढ्दै गएको पाइएको छ।
विदेशमा मेहनत गरेर कमाएको तथा सानोतिनो व्यापारका लागि बैंकमा जम्मा गरेको रकम समेत सुरक्षित नरहेको पीडितहरूको गुनासो छ।

प्रहरीका अनुसार ह्वाट्सएप, फेसबुक म्यासेन्जर लगायतका सामाजिक सञ्जालमा बैंक तथा वित्तीय संस्थाको नाम वा लोगो प्रयोग गरी नक्कली सन्देश पठाउने गरिएको छ। खाता अद्यावधिक गर्ने, केवाइसी नवीकरण, पासवर्ड परिवर्तन वा चिट्ठा परेको प्रलोभन देखाएर अपरिचित लिङ्क खोल्न लगाउने र ओटिपी (OTP) कोड चोरेर खाताबाट रकम पन्टउने गिरोह सक्रिय रहेको छ।

चालु आर्थिक वर्षको सुरुवाती अवधिमै जिल्ला प्रहरी कार्यालय बैतडीमा डिजिटल ठगीसम्बन्धी २३ वटा निवेदन दर्ता भएका छन्। यी घटनाहरूमा कुल २१ लाख ३८ हजार रुपियाँ ठगी भएको प्रहरीले जनाएको छ।
बढ्दो साइबर अपराधलाई मध्यनजर गर्दै प्रहरीले कुनै पनि अपरिचित लिङ्क नखोल्न तथा बैंकका गोप्य विवरणहरू कसैसँग पनि सेयर नगर्न आम नागरिकलाई विशेष आग्रह गरेको छ।
डिजिटल ठगीसम्बन्धी तथ्याङ्क तथा मुख्य बुँदाहरू
| विवरण / अवधिको नाम | मुख्य तथ्य तथा तथ्याङ्कहरू |
| चालु आव (२०८३/८४) का उजुरीहरू | २३ वटा निवेदन दर्ता, २१ लाख ३८ हजार रुपियाँ ठगी। |
| फस्र्योट भएका घटनाहरू | हालसम्म ३ वटा निवेदन फस्र्योट, ५२,३५० रुपियाँ फिर्ता गराइएको। |
| गएको आव (२०८२/८३) का उजुरीहरू | ४१ वटा निवेदन दर्ता, १५ लाख ९२,२५६ रुपियाँ चोरी (३१ वटा फस्र्योट)। |
| ठगीका मुख्य तरिका | फेसबुक/ह्वाट्सएपमा म्यासेज पठाइ पासवर्ड परिवर्तन गर्न लगाउने, नक्कली लिङ्क खोल्न लगाउने र ओटिपी चोरी गर्ने। |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






