

काठमाडौं, भदौ १८ गते । राजर्षिजनक विश्वविद्यालयले शैक्षिकसत्र २०८३–८४ देखि स्नातक तथा स्नातकोत्तर तहमा भर्ना हुने कम्तीमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति उपलब्ध गराउने भएको छ।
विश्वविद्यालय कार्यकारी परिषद्को निर्णयअनुसार आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा सञ्चालित सबै शैक्षिक कार्यक्रममा छात्रवृत्ति व्यवस्था लागू हुनेछ। जेहेन्दार, विपन्न तथा लक्षित वर्गका विद्यार्थीलाई प्राथमिकताका आधारमा छात्रवृत्ति प्रदान गरिनेछ।
यसका लागि विश्वविद्यालयले ‘राजर्षिजनक विश्वविद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि, २०८३’ स्वीकृत गरेको छ। कार्यविधि कार्यान्वयनका लागि सम्बन्धित संकाय तथा डीन कार्यालयलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइएको विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयले छात्रवृत्ति वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!























