

काठमाडौँ, भदौ १८ गते । पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरो गएर मुख्य राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यास घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र उपलब्ध गराउने निर्णय गरेको छ।
निगम र ग्यास विक्रेता महासङ्घका पदाधिकारीबिच बसेको बैठकले तत्कालका लागि होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेस र क्यान्टिनजस्ता व्यावसायिक प्रयोजनमा ग्यास बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको हो।
मुख्य राजमार्ग बन्द हुँदा ग्यासका बुलेटहरू आउन नसकेकाले वैकल्पिक मार्गबाट ट्रकमा ग्यास सिलिन्डर भरेर काठमाडौँ भित्राउन थालिएको छ। काठमाडौँ, धादिङ र काभ्रेका उद्योगीहरूले तराईका चितवन, नवलपरासी, बारा, पर्सा र मकवानपुरका उद्योगमा खाली सिलिन्डर पुर्याई ग्यास भरेर हेटौँडा-भैँसे-पालुङ-नौबिसे मार्ग हुँदै उपत्यकामा आपूर्ति गरिरहेका छन्।
विपत्को समयमा सर्वसाधारणको चुलो नबलोस् भन्ने उद्देश्यले विद्यार्थी, असहाय, बिरामी, ज्येष्ठ नागरिक, आश्रम र बाढीपीडित सहायता केन्द्रहरूलाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराइने निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो। यस्तै व्यावसायिक प्रयोजनका लागि भने व्यवसायीहरू आफैँले सम्बन्धित डिलर वा उद्योगसँग समन्वय गरी तराईबाट ग्यास रिफिल गरेर ल्याउनुपर्नेछ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


























