काठमाडौँ, असोज ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ, २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।
बडादसैँका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उहाँले बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालका आ–आफ्नै परम्परा रहे तापनि यस पर्वले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारालाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ।
बडादसैँले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकतालाई थप सुदृढ गर्नुका साथै सांस्कृतिक पहिचानलाई अक्षुण्ण राख्न मद्दत पुर्याएको उहाँको भनाइ छ। विजयादशमीका दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र भगवान् रामले रावणमाथि विजय हासिल गरेको धार्मिक तथा ऐतिहासिक कथन स्मरण गराउँदै राष्ट्रपति पौडेलले दसैँ अन्यायमाथि न्यायको एवम् असत्यमाथि सत्यको विजयको उत्सवका रूपमा मनाइने उल्लेख गर्नुभएको छ।
दसैँमा हुने पारिवारिक जमघट एवम् पुनर्मिलनले खुसीयाली साटासाट गर्न तथा पारिवारिक, सामाजिक र राष्ट्रियताको हिसाबले यो पर्व अत्यन्तै महत्वपूर्ण रहेको उहाँले औंल्याउनुभएको छ।
यसका साथै, देशका विभिन्न भागमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रपतिले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।
साथै, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुका साथै बाढी प्रभावितहरूको पुनःस्थापनाका लागि एकताबद्ध भई अघि बढ्न सबै पक्षलाई विशेष अपिल गर्नुभएको छ।
| विवरण / पक्ष | मुख्य तथ्य तथा जानकारी |
| शुभकामना सन्देश दिने | राष्ट्रपति रामचन्द्र पौडेल |
| पर्व | बडादसैँ, २०८३ |
| मुख्य सन्देश | सामाजिक मेलमिलाप, भाइचारा, असत्यमाथि सत्यको विजय |
| विशेष अपिल | बाढी प्रभावितहरूको पुनःस्थापनाका लागि एकताबद्ध भई अघि बढ्न आग्रह |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






