काठमाडौँ, असोज ३१ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले हिन्दू धर्मावलम्बीहरूको महान् पर्व विजयादशमी धार्मिक आस्थाको विषय मात्र नभई मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव भएको बताउनुभएको छ।
विजयादशमी, २०८३ का अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उहाँले सत्य, न्याय, धर्म र सदाचार अन्ततः विजयी हुन्छन् भन्ने युगीन सन्देश बोकेको बडादसैँले मानिसलाई आफ्नो आचरण र व्यवहारको आत्मसमीक्षा गर्ने अवसर प्रदान गर्ने उल्लेख गर्नुभएको छ।
सन्देशमा उपराष्ट्रपतिले विजयादशमीले असत्य, अन्याय, विभेद, हिंसा र नकारात्मक प्रवृत्तिमाथि मानवता, विवेक र नैतिक शक्तिको विजय सुनिश्चित हुने विश्वासलाई थप बलियो बनाउने बताउनुभएको छ। समाजमा सहिष्णुता, आत्मानुशासन, संयम र कर्तव्यप्रतिको निष्ठा प्रवर्द्धन गर्ने यो पर्वले लोभ, घृणा, अहङ्कार र ईष्र्या जस्ता दुर्गुण त्यागी सद्भावको मार्गमा अघि बढ्न प्रेरणा दिन्छ।
दसैँ पुनर्मिलन, आत्मीयता र सामाजिक एकताको महापर्व भएको औंल्याउँदै उहाँले ज्येष्ठ नागरिकको आशीर्वाद, अग्रजको सम्मान र कनिष्ठप्रतिको स्नेहले पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ।
अन्तमा, उपराष्ट्रपति यादवले आजको परिवर्तित विश्व परिदृश्यमा विभाजन र वैमनस्यताभन्दा माथि उठेर साझा राष्ट्रिय हित, सामाजिक समरसता र समुन्नत नेपालको निर्माणतर्फ अग्रसर हुन विजयादशमीले प्रेरणा प्रदान गरोस् भनी कामना गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
| विवरण / पक्ष | मुख्य तथ्य तथा जानकारी |
| शुभकामना सन्देश दिने | उपराष्ट्रपति रामसहाय प्रसाद यादव |
| पर्व | विजयादशमी, २०८३ |
| मुख्य सन्देश | मानवीय मूल्य, नैतिकता, सदाचार र सत्यको विजय |
| विशेषता | सामाजिक एकता, पारिवारिक पुनर्मिलन र सद्भावको पर्व |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





