08/29/2026, 09:02:49
शनिबार, भदौ १३, २०८३
८३ सालको गाईजात्रा

विपत्को शोकमा प्रज्ञा-प्रतिष्ठानको ‘८३ सालको गाईजात्रा’ कार्यक्रम स्थगित


काठमाडौँ, भदौ १३ गते । नेपाल प्रज्ञा-प्रतिष्ठानमा शुक्रबारदेखि सुरु हुने तय भएको ‘८३ सालको गाईजात्रा’ कार्यक्रम स्थगित गरिएको छ। आयोजक संस्था ब्रान्डवर्थ प्रा.लि.ले एक विज्ञप्ति जारी गर्दै भदौ १२, १३ र १४ गतेका लागि तय गरिएका सबै कार्यक्रमहरू तत्कालका लागि स्थगित गरिएको जानकारी गराएको हो।

रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा आएको विनाशकारी बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि यस्तो निर्णय लिइएको हो। देश विपत्को कठिन स्थितिमा रहेको र ठूलो सङ्ख्यामा नागरिकहरू प्रभावित भएकाले आयोजकले कार्यक्रम रोक्ने निर्णय गरेको जनाएको छ।

विज्ञप्तिमा उत्पन्न विषम परिस्थिति र शोकको घडीलाई मध्यनजर गर्दै हाँस्यव्यङ्ग्य तथा सांस्कृतिक कार्यक्रम तत्कालका लागि स्थगन गरिएको भन्दै दुःख व्यक्त गरिएको छ। परिस्थिति सामान्य भएपछि नयाँ मितिबारे जानकारी गराइने आयोजकले उल्लेख गरेको छ।