काठमाडौँ, कात्तिक ५ गते । नेपालीहरूको प्रमुख चाड बडादसैँको उल्लास र पारिवारिक भेटघाटको चटारो चलिरहेका बेला पनि रोजगारी, अध्ययन तथा सुनौलो भविष्यको खोजीमा विदेसिने नेपाली युवायुवतीको क्रम रोकिएको छैन।
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाडपर्वको समयमा पनि विदेशिने यात्रुको बाक्लो भिड देखिएको छ।

आफ्नै गाउँघर र स्वदेशमा योग्यताअनुसारको रोजगारी तथा पर्याप्त अवसर नभएका कारण चाडपर्वमा परिवारसँग खुसी साटासाट गर्ने रङ छाडेर विदेशिनुपरेको वैदेशिक रोजगारीका लागि हिँडेका सिरहाका लखनकुमार यादवले बताएका छन्।
त्यस्तै, देशभित्रै सक्रिय जनशक्ति यसरी लगातार बाहिरिँदा कृषि, उद्योग र उत्पादनमूलक क्षेत्रमा जनशक्तिको अभाव भई मुलुकमा दीर्घकालीन चुनौती उत्पन्न हुन सक्ने चिन्ता पनि अभिभावकहरूले व्यक्त गरेका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







