10/22/2026, 19:06:23
बिहिबार, कार्तिक ०६, २०८३
*** ग्लोबल गभर्नेन्स फोरम ***

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान, ‘ग्लोबल गभर्नेन्स फोरम’ लाई विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने

चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुने सम्मेलनमा सहभागी हुन भण्डारीतर्फ प्रस्थान; आगामी सोमबार स्वदेश फर्किने कार्यक्रम।

FILE PHOTO - SETOPRESS.COM
©FILE PHOTO - SETOPRESS.COM

काठमाडौँ, कात्तिक ५ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान गरेकी छन्। उनी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकी हुन्।

‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ थिमसहित यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुने उक्त ग्लोबल गभर्नेन्स सम्मेलनलाई पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

सम्मेलनमा संयुक्त राष्ट्रसङ्घ केन्द्रित अन्तर्राष्ट्रिय प्रणाली, विश्व शान्ति, बहुपक्षीयता, जलवायु परिवर्तन, हरित विकास तथा कृत्रिम बौद्धिकता लगायतका महत्वपूर्ण विषयमा छलफल हुनेछ। भण्डारी आगामी सोमबार स्वदेश फर्कनेछिन्।