काठमाडौं, असोज ३० गते । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीको सेवा–सुविधा वृद्धि, जनशक्ति थप तथा आधुनिक प्रविधि र पूर्वाधार विकास सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातमा संलग्न हुने प्रहरी कर्मचारीहरूलाई कुनै पनि हालतमा संरक्षण नगरिने स्पष्ट पार्नुभएको छ।
नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले नागरिकको अपेक्षाअनुसार प्रहरीलाई थप व्यावसायिक, जिम्मेवार र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको हो।
समारोहमा बोल्दै गृहमन्त्री गुरुङले हालैको विपद् उद्धारमा खटिएका सुरक्षाकर्मीहरूका लागि जोखिम भत्ता तथा खाजा खर्चको व्यवस्था गरिएको जानकारी दिनुभयो। सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत दरबन्दी थप गर्न प्रस्ताव गरिएको र प्रहरीका लागि आवश्यक पूर्वाधार तथा प्रविधिमा लगानी गर्ने सरकारको योजना रहेको उहाँले स्पष्ट पार्नुभयो।
साथै, उजुरी तथा जाहेरी दर्तादेखि अनुसन्धानसम्म नागरिकलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिँदै उहाँले प्रहरीको वर्दी डर र त्रासको नभई आशा, भरोसा र सहकार्यको प्रतीक बन्नुपर्ने उल्लेख गर्नुभयो।

बढ्दो प्रविधिसँगै विकसित भइरहेका अपराधहरूलाई नियन्त्रण गर्न प्रहरीको प्राविधिक क्षमता विस्तार गर्नुपर्नेमा उहाँको विशेष जोड थियो। कृत्रिम बौद्धिकता (एआई), डिजिटल फरेन्सिक, साइबर अपराध, वित्तीय अपराध र डीएनए फरेन्सिक प्रोफाइलजस्ता क्षेत्रमा दक्षता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउँदै गृहमन्त्रीले सही काम गर्ने प्रहरीलाई सरकारले सधैँ साथ दिने प्रतिबद्धता दोहोर्याउनुभयो।
राज्यका संवेदनशील सूचना चुहाउने कार्यलाई उन्मुक्ति नदिइने स्पष्ट पार्दै उहाँले सूचनाको गोपनीयता कायम राख्न र सङ्गठनभित्र उच्च अनुशासन, जिम्मेवारी तथा व्यावसायिक आचरण कायम राख्न निर्देशन दिनुभयो। नयाँ पुस्ताले देशमै आफ्नो भविष्य सुरक्षित देख्न सक्ने वातावरण निर्माण गर्न प्रहरीको व्यवहार र निष्पक्ष अनुसन्धानले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सरकारले प्रहरी सुधारका लागि अगाडि सारेका पहलहरू व्यवहारमै देखिने उहाँले बताउनुभयो।
| विवरण / पक्ष | मुख्य तथ्य तथा जानकारी |
| कार्यक्रम | नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस (प्रहरी प्रधान कार्यालय, नक्साल) |
| वक्ता | गृहमन्त्री सुदन गुरुङ |
| मुख्य घोषणा | भ्रष्टाचार र पक्षपातमा शून्य सहनशीलता, गलत काम गर्नेलाई संरक्षण नगरिने |
| सुविधा तथा प्रविधि | जोखिम भत्ता र खाजा खर्चको व्यवस्था, एआई तथा डिजिटल फरेन्सिक क्षमता विस्तारमा जोड |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











